काठमाडौँ — एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीले ‘एक्स्प्लोरिङ सोलुसन्स फर अ सस्टेनेबल फ्युचर’ विषयमा छलफल गरेका छन् ।
ग्लोकल प्राइभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति थियो । सहभागीहरूले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूबारे छलफल गरेका थिए ।