२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

उपत्यकाका स्थानीय तहलाई स्वच्छ, सफा र सुन्दर बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई आग्रह गरेका छन् । 

उपत्यकाका स्थानीय तहलाई स्वच्छ, सफा र सुन्दर बनाउन राष्ट्रपति पौडेलको आग्रह

उपत्यकाका महानगर, नगरपालिकाका प्रमुख एवम उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्षहरुसँग शीतल निवासमा सोमबार भएको भेटमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् ।

उनले जल्दोवल्दो समस्याका रुपमा रहेको जलवायु र वातावरण मानव अस्तित्व र पृथ्वीको सुरक्षासँग जोडिएको एजेण्डा भएकाले यसमा सबै पालिकाले ध्यान दिन सके सिंगो देश स्वच्छ, सफा र सुन्दर हुने बताए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा राष्ट्रपति पौडेलले वायु प्रदुषण उपत्यकाभित्र बढ्दै गएको हुँदा यसलाई निश्चित मापदण्डभित्र राख्न कार्यक्रम सञ्चालन गर्न, वरपरका वनजंलमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न यथासम्भव प्रयास गर्न तथा सामुदायिक शिक्षाको गुणस्तरमा महानगरपालिकालगायत नगरपालिकाको अनुगमन सशक्त बनाई गुणस्तर बढाएर जीवनोपयोगी शिक्षाका लागि ध्यान दिन पनि आग्रह गरेका थिए ।

त्यस्तै राष्ट्रपति पौडेलले असहाय, बालबालिका तथा बृद्धलाई कार्यक्रमसहित सहारा दिने, उपत्यकाभित्र निर्माण हुन लागेका बाटो, धाराहरूलाई गुणस्तरीय रुपमा सम्पन्न गर्ने तथा परम्परादेखि सभ्याताका रुपमा रहेका चौतारी र पोखरीको संरक्षण, नयाँ पार्क (चौतारी) र पोखरी निर्माण गरी हरियालीसहित वातावरणीय स्वच्छता बढाउनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले उपत्यकाको फोहोर मैला व्यवस्थापनमा केही सुधार आएको तर अहिलेको व्यवस्थापन दिगो नभएको भन्दै यसको दीर्घकालीन र स्थायी समाधान खोज्नुपर्ने सुझाव दिए ।

प्रकाशित : वैशाख २४, २०८१ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?