जसपा नेपालका अध्यक्ष यादव स्वदेश फर्किए, संसदीय दलको बैठक बस्दै
काठमाडौँ — उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् । जसपा नेपालका अध्यक्षसमेत रहेका यादव मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् ।
अध्यक्ष यादव आएसँगै मंगलबार नै संसदीय दलको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो । बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ ।
आइतबार मात्रै ७ जना प्रतिनिधिसभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका छन् । अब यादव पक्षमा छ जना सांसद रहेका छन् । सोही विषयका बारेमा संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया