कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

चेपाङ विद्यार्थीका लागि जापानबाट खाद्यन्न सहयोग

चितवन — जापानको ओकायामामा कार्यरत नेपालीहरुले चितवनको पहाडी गाउँ राप्ती नगरपालिका–१३ लोथर कान्दाको कान्देश्वरी आधारभूत विद्यालयमा पढ्ने विदार्थीका लागि खाद्यन्न सहयोग गरेका छन् ।

चेपाङ विद्यार्थीका लागि जापानबाट खाद्यन्न सहयोग

यसै वर्षबाट कक्षा आठमा पनि पढाइ सुरु भएको सो विद्यालयमा चेपाङ समुदायका मात्रै १४५ जना विद्यार्थी पढ्ने विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए ।

उनीहरु सबै विद्यालय नजिकै निर्माण भएको ‘कुमार बलराम स्मृति छात्राबास’मा बस्दछन् । सो छात्राबास लक्ष्मी प्रतिष्ठान नामक संस्थाले सञ्चालन गरेको हो । प्रतिष्ठानले स्वदेश र विदेशमा कार्यरत नेपालीहरुबाट सहयोग जुटाएर छात्राबास चलाएको छ ।

चेपाङ बालबालिकाका लागि लामो समयदेखि निःशुल्क सञ्चालन हुँदै आएको छात्राबासमा चामल सहयोग गरेको चितवनका समाजसेवी मुरलीप्रसाद गजुरेलले बताए । ओकोयामा नेपाली समाजका अध्यक्ष प्रेम आचार्यले शुक्रबार संस्थाले जुटाएका रकमबाट खरिद गरेको ७० बोरा चामल छात्राबासलाई हस्नान्तरण गरे ।

एउटा बोरामा ३० केजी चामल अटाउँछ । चेपाङ समुदायको बसोबास रहेको कान्दा गाउँमा मोटर बाटो बिजुली जस्ता आधारभूत पुर्वाधारहरु पनि छैनन् । जीपबाट झरेर कम्तिमा चार घण्टा उकालो ओरालो पहाडी बाटो पैदल हिँडेपछि कान्दा पुगिन्छ ।

ओकोयामा नेपाली समाजका अध्यक्ष प्रेम आचार्यले छात्राबास, विद्यालय र गाउँको अवस्था हेरेपछि आफ्नो तर्फबाट थप ३० बोरा चामल उपलब्ध गराउने घोषणा गरे । उनले छोरा सुमितको जन्म दिवसको सन्दर्भ पारेर विद्यार्थीका लागि थप खाद्यन्न दिन लागेको बताए । ओकोयामा नेपाली समाजले यसअघि पनि चितवनको चेपाङ बहुल पहाडी गाउँहरुमा खाद्यन्न लगायतका सहयोग गर्दै आएको आचार्यले जानकारी दिए ।

प्रकाशित : वैशाख १४, २०८१ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?