हेटौंडा र थाहा नगर सेमिफाइनलमा
काठमाडौँ — घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल स्मृति वाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।
सोमबार महांकालले वाग्मती गाउँपालिकालाई २५–२२, २९–२९ को सोझो सेटमा हरायो । महांकालले सेमिफाइनलमा थाहासँग खेल्नेछ । थाहाले माडी नगरपालिकाविरुद्ध २५–१७, २५–२१ को जित पायो ।
हेटौंडा उपमहागरले खाँडादेवी गाउँपालिकालाई २५–१२, २५–१६ ले पराजित गरेको थियो । ह्याङलेले गोकर्णेश्वर नगरपालिकालाई २५–२३, २९–२७ ले हरायो । हेटौडा र ह्याङले सेमिफाइनलमा भिड्ने छन् ।
प्रकाशित : वैशाख २४, २०८१ २१:५२प्रतिक्रिया