मैले विश्वासको मत पाउँदैन कि भनेर चिन्ता लिनुपर्दैन : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले चौँथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चौँथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।
सत्तारुढ नेकपा (एमाले)ले संसद्लाई मुठभेडमा लैजानका लागि प्रमुख प्रतिपक्ष कांग्रेस लागिपरेको आरोप लगाएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको बचत रकम अपचलन गरेको आरोप रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लगाउँदै संसद् अवरुद्ध गरिरहेको सन्दर्भमा एमालेले त्यस्तो अभिव्यक्ति दिएको हो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।
बर्दियामा शनिबार अत्यधिक गर्मी र तातो लु चलेपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको दिउँसोको तापक्रम ४२ डिग्री पुगेको छ ।
संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीच बालुवाटारमा छलफल भएको छ । कांग्रेसले सहकारीको रकम हिनामिना छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागका विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटारमा शनिबार अपराह्न बैठक बसेको हो ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन् ।
अघिल्लो साता कोशीमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दा बन्दना झाँगड पनि राज्यमन्त्री बनिन् । उनले अल्पसंख्यक झाँगड समुदायबाट पहिलोपटक मन्त्रीको रुपमा इतिहास रचेकी छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताएका छन् । शनिवार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सहकारीको बचत रकम ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल गरेको छ ।