२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

स्विट्जरल्यान्डमा आचार्यको चित्रकला प्रदर्शनी

काठमाडौँ — स्विट्जरल्यान्डको उस्टरमा युवा कलाकार सुवास आचार्य ‘आगमन’ ले एकल चित्रकला प्रदर्शनी गरेका छन् । हेलाई आर्ट ग्यालरीमा गत बिहीबार सुरु ‘वियोन्ड वाउन्डरिज’ शीर्षकको प्रदर्शनी आगामी शुक्रबारसम्म चल्नेछ । 

स्विट्जरल्यान्डमा आचार्यको चित्रकला प्रदर्शनी

प्रदर्शनीमा अध्यात्म तथा पूर्वीय चिन्तन परम्परासँग सम्बन्धित एक्रेलिक तथा तैल रंगद्वारा सिर्जित १९ चित्रहरू राखिएका छन् । तीमध्ये अधिकांश चित्र कोभिड महामारीका बेला सिर्जना गरिएका हुन् । कोभिडका कारण गरिएको लकडाउनका समय गाउँमा कोरिएका सिर्जना अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्न पाउनु आफैंमा गर्वको विषय भएको आचार्यको भनाइ छ ।

कला प्रदर्शनीका अलावा आचार्यले उस्टर र जुरिकमा नेपाली कलाबारे आयोजित कार्यशालामा कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । प्रदर्शनी हिमचुली एसोसिएसन र नेपाल स्विस चेम्बर अफ कमर्सको आयोजनामा गरिएको हो ।


प्रकाशित : माघ १७, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?