३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

उत्कृष्ट ‘कन्टेन्ट क्रेयटर’लाई अपट्रेन्डलीको सम्मान

काठमाडौँ — खानपान तथा रेष्टुरेन्ट जीवनशैलीका कथालाई सृजनात्मक भिडियो सामाग्री बनाउँदै सामाजिक संजालमार्फत् प्रचारप्रसार गर्दै आइरहेका देशभरका उत्कृष्ट ‘कन्टेन्ट क्रेयटर’ मध्ये ७ जनालाई अपट्रेन्डली मिडियाले बुधबार सम्मान गरेको छ । 

उत्कृष्ट ‘कन्टेन्ट क्रेयटर’लाई अपट्रेन्डलीको सम्मान

कान्तिपुर पब्लिकेसन्ससँगको सहकार्यमा अपट्रेन्डलीले आयोजना गरेको समारोहमा राइजिङ स्टारको उपाधि स्न्याक्स असले प्राप्त गरेको छ ।

त्यस्तै ब्रेक थ्रो फुड कन्टेन्टको उपाधि मिस्टर फुडीले प्राप्त गरेको छ । शोकेस अफ लोकल कुजिनको उपाधि कान्छी किचनले प्राप्त गरेको छ ।

बेस्ट ब्रान्ड कोलाब्रेसनको उपाधि नेपाली काभ्रिङ्गस, बेस्ट ट्रेन्ड लभ इट रिपिट, बेस्ट अडियो भिज्वल माइ डार्लिङ फुड र फ्लोर लभको उपाधि नेपाली फुड ट्राभलरले हात पारेका थिए ।

अपट्रेन्डलीका सीइओ मनायक कार्कीले खापान संस्कृतिका कथालाई प्रचारप्रसार गर्न देशभर छरिएका फुड ब्लगर, कन्टेन्ट क्रियटर लगायतका सृजनाकर्ताहरुलाई पहिलोपटक सम्मान गरिएको बताए ।

उनका अनुसार, यो समारोहमा देशभर छरिएका झन्डै २ सय जना प्रभावशाली सृजनाकर्ताबाट छनौट गरिएको हो ।

‘होटल पर्यटन विधा अन्तर्गत खानपान शैलीलाई बिस्तार गर्न हामीले गर्न लागेको यो पहिलो पहलकदमी हो,’ उनले भने ।

प्रकाशित : माघ १८, २०८० २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?