२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पेन्टिङमा जमेका विष्णु

डीबी बुढा

जुम्ला — तातोपानी–६ धौलापानीका विष्णुदत्त न्यौपानेलाई यो समयमा होर्डिङबोर्ड र साइनबोर्ड लेख्न भ्याइनभ्याइ छ । उनी उपभोक्ता समितिका होर्डिङबोर्डदेखि सरकारी तथा गैरसरकारी कार्यालयका ब्यानर लेख्न अहिले व्यस्त छन् ।

पेन्टिङमा जमेका विष्णु

निर्वाचनताका त उनी रातदिन झन्डा, ब्यानर र चुनाव चिह्न बनाइरहेका हुन्छन् । कर्णालीमा कलकल बग्ने नदी, पर्यटकीय स्थलका रूपमा रहेका तालतलैया, प्राकृतिक सुन्दरताले भरिएको कर्णालीको चित्र जस्ताको तस्तै उतार्ने सीप उनीसँग छ । यस वर्षमात्रै उनले जुम्लामा रहेको प्रमुख पर्यटकीय गन्तव्य मानिएको गिडीदहको चित्र बनाए । यहाँका हरेक मुख्य सडक र दोबाटोमा तिनै चित्र राखिएका छन् ।

कर्णालीमा पाइने जडीबुटी, भौगोलिक बनावट, रहनसहन, चालचलनदेखि कर्णालीमा उत्पादन भइरहेका रैथाने वस्तुको चित्र उनले बोर्ड तथा ब्यानरहरूमा लेखिरहेका हुन्छन् । जसले गर्दा उनको लेखन सीपको तारिफमात्रै भइरहेको छैन, एक सफल पेन्टरको परिचयसमेत बनाइरहेको छ । सानै उमेरदेखि कापीमा रङरोगन गरेर पेन्ट गर्ने उनको बानी नै थियो ।

भविष्यमा राम्रो पेन्टर बन्ने धोको मनमनै थियो । घरका पर्खाल, स्कुलका ब्ल्याकबोर्डदेखि खाली समथर स्थान देखिनेबित्तिकै उनी लेख्न थालिहाल्थे, चित्र कोर्न सुरु गरिहाल्थे । स्कुलका सर र घरका अभिभावक पनि पेन्टिङमै उनको भविष्य देखिएको भन्दै हौसाइरहेको अहिले उनी स्मरण गर्छन् ।

प्रकाशित : चैत्र २१, २०८० ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?