कुराकानी
वैशाख ९, २०७५

लोकतन्त्रका १२ वर्ष

लोकतन्त्र प्राप्तिका लागि २०६२/६३ मा भएको जनआन्दोलनले १२ वर्ष पूरा गरेको छ । १९ दिनसम्म चलेको त्यस जनआन्दोलनका क्रममा श्रवण मुकारुङ तत्कालीन राजालाई घोच्ने कविता भन्थे । रुविन गन्दर्भ सारंगीको धुनसँगै मीठो स्वरले आन्दोलनमा ऊर्जा थप्थे । प्राध्यापक कृष्ण खनाल ठूलो समूहको नेतृत्व गर्दै अघि बढ्थे । र, आन्दोलनमा घाइतेहरुको सडकमै उपचार गर्दै चिकित्सकहरु हिंड्थे । त्यसको नेतृत्वमा थिए केदारनरसिंह केसी । जनआन्दोलनमा गैरराजनीतिक क्षेत्रबाट योगदान दिने धेरै पात्रमध्ये छानिएका यी चार प्रतिनिधिसँग लोकतन्त्रको समीक्षा गर्दै गरिएको कुराकानी :

वैशाख ८, २०७५

‘अब सिण्डिकेट पुरै हटाईन्छ’ [भिडियो]

यातायातमा सिन्डिकेट अन्त्य गर्ने निर्णयसँगै गृहमन्त्री रामबहादुर थापा चर्चामा छन् । यो निर्णयले यातायात क्षेत्रमा सुधार गर्ने दाबी गर्दै उनले सबै ऐन, कानुन अनुसार नचले राज्यले कारबाही गर्ने चेतावनी दिए ।

वैशाख २, २०७५

महालेखा परीक्षक भन्छन्, ‘ठूलो बदमासी अर्थ मन्त्रालयबाटै सुरु हुन्छ’

सरकारी संयन्त्रभित्र खर्च प्रवृत्ति–प्रकृति केलाउँदै केही दिनअघि महालेखा परीक्षकको प्रतिवेदनले अत्यासलाग्दो बेरूजुको तथ्यांक सार्वजनिक गरेको छ, ५ खर्ब ८ अर्ब रूपैयाँको । झन्डै वार्षिक बजेटको आधा रकम बेरूजुमा दरिन पुगेको छ, जुन वर्षाैंदेखि जोडिँदै आएको हो ।

वैशाख १, २०७५

‘उत्पादन र रोजगारीमा जुटौं’

संविधानअनुसार ३ तहको शासकीय संरचना छ । त्यी सबैको चुनाव सम्पन्न भएका छन् । सबै तहको चुनाव सम्पन्न हुनुले लोकतान्त्रि प्रक्रियाले स्थायित्व प्राप्त भएको एउटा उज्यालो चित्र देखाएको छ । लोकतान्त्रिक प्रक्रियाले स्थायित्व पाएपछि अबको हाम्रो मूल काम आर्थिक समृद्धिका लागि केन्द्रित हुनुपर्छ ।

चैत्र २६, २०७४
ADVERTISEMENT
ADVERTISEMENT

‘सम्बन्धमा अब संशय छैन’

प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने राजकीय भारत भ्रमण गरेर स्वदेश फर्केका छन् । भ्रमणका क्रममा प्रम ओलीले पटक–पटक उठाएको विषय थियो– मित्रता र सहकार्य । यसमै केन्द्रित भएर दुईपक्षीय छलफल भएका छन् ।

चैत्र २१, २०७४

सभापतिमा देउवासँगको प्रतिस्पर्धामा मै हुन्छु : कांग्रेस महामन्त्री कोइराला

चुनावमा पार्टीको हारपछि नेपाली कांग्रेसभित्र अहिले सभापति शेरबहादुर देउवाविरुद्ध खनिने र उनको प्रतिरक्षा गर्नेहरुको जमात नै बनेको छ । तर, महामन्त्री शशांक कोइराला भने मौन छन् । उनी पार्टी हार्नुको कारण एउटा मात्रै नभएको बताउँछन् ।

चैत्र २०, २०७४

‘दण्डित हुनुपर्नेहरू पुरस्कृत हुँदा मन खिस्रिक्क हुन्छ’

सम्पत्ति जाँचबुझ न्यायिक आयोगले १५ वर्षअघि एक वर्ष लगाएर शासकीय संयन्त्रका पात्रहरूको सम्पत्ति जाँचबुझ गरेको थियो । आयोगले जुन पात्रहरुसँग अस्वाभाविक र अनुचित सम्पत्ति रहेको तथ्यसहित सजायको सिफारिस गरेको थियो, तिनीहरुले नै राज्यका उपल्ला पदमा भकाभक बढुवादेखि नियुक्ति पाए ।

चैत्र १८, २०७४

‘बराबरीको सिद्धान्तमा एकता गर्नुपर्छ’

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बढी उत्साहित देखिन्थे । विगतका तीतामीठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले सम्मानजनक बराबरी सिद्धान्तका आधारमा एकता हुन लागेको खुलासा गरे ।

चैत्र ११, २०७४

‘केन्द्रीकृत मानसिकताले समस्या भयो’ (भिडियो)

संघीय संरचनाअनुसार केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहकै सरकार बनेका छन् । केन्द्र र स्थानीय सरकारका लागि पुरानै संरचना थिए । त्यसैअनुसार काम भइरहेको छ । प्रदेश सरकारको अभ्यास भने नौलो हो ।