२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मधु राई

मधु राई शैक्षिक अभियन्ता हुन् ।

मधु राईका लेखहरु :

शिशु कक्षाका सिकाइ तरिका

बालविकास कक्षाका आशिष साहलाई ससाना बेल्ना र चौकीमा रोटी बेल्न मन पर्छ । सोही कक्षाकी माही मुखियालाई प्लास्टिकका ससाना सिसी र बोतलमा सुजी भर्न मन पर्छ । यसरी रोटी बेल्ने र सुजी भर्ने क्रियाकलाप गर्न थालेपछि उनीहरूले समय बितेको पत्तै पाउँदैनन् ।

खाँचो सञ्चार साक्षरताको 

आजभन्दा १८ वर्षअघि २०६२ सालमा काठमाडौंस्थित अस्मिता महिला प्रकाशन गृहले नेपालका विभिन्न जिल्लामा एकवर्षे सञ्चार साक्षरता अभियान सञ्चालन गर्‍यो । तिनताक अखबारी लेखनमा संलग्न भएकाले मैले पनि मोरङबाट सञ्चार सहजकर्ताको भूमिका निर्वाह गर्ने अवसर पाएँ ।

शिक्षक-अभिभावक सम्बन्धको प्रतिफल विद्यार्थीमा

निशा पुरी यूकेजी पढ्ने छोरीलाई पढाइलेखाइमा मात्रै हैन, विद्यालयले दिने गरेको अतिरिक्त क्रियाकलापमा पनि सहयोग गर्छिन् । बेलाबखत उनी छोरीले गृहकार्य गर्दै गरेको, बालचित्रकथाका पुस्तक कनीकुथी पढ्दै गरेको तस्बिर र भिडियो शिक्षक–अभिभावक समूहमा पोस्ट गर्छिन् ।

समाजलाई गतिशील र सभ्य बनाउन महिला शिक्षा

एइ मधु, आइमे पनि पढ्यो भने ठूलो मान्छे हुने रैछ, राम्ररी पढ् है ।’ पाँच दशकअघि साक्षर आमाले भन्नुभएको कुरा मेरो मानसपटलमा अझै गुञ्जिरहन्छ । उहाँ आफूले गाउँघरमा मेलापात जाँदा स्कुल जाने भाइसँग कनिकुथी साउँअक्षर र मात्रा सिकेका कुरा सुनाइरहनुहुन्थ्यो । पछि पल्टने श्रीमान्लाई नियमित जसो चिठी लेखिरहनुहुन्थ्यो र अंग्रेजीमा ठेगाना लेख्न चाहिँ हामी छोरीहरूलाई अह्राउनुहुन्थ्यो ।

महिला हिंसाविरुद्ध नागरिक समाज

दुई दशक अघिको कुरा । छिमेकी बहिनीलाई आधा रातमा श्रीमान्ले रगताम्मे हुने गरी कुटपिट गरेछन् । त्यो थाहा पाएपछि मैले ती बहिनीका लागि आफ्नो निर्माणाधीन घरको एउटा कोठामा केही समय अस्थायी गाँसबासको जोहो गरिदिएँ । काखे छोरीसहित बस्न थालेको साता दिन नपुग्दै उनलाई फकाउन श्रीमान् आए र मैले आइन्दा कुटपिट नगर्ने सर्तमा मेलमिलाप गराइदिएँ ।

गाउँटोलमा विकासका लागि श्रमदान

यसपालि दसैं र तिहारबीच विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले जनसहभागिता जुटाएर नहर सरसफाइ अभियान चलाए । विगतमा तिहारलगत्तै मनाइने छठ पर्वका बेला मात्रै नहर सरसफाइ हुने गर्थ्यो । ३,१३९ जति घरधुरी रहेको वडाको १२,७९२ जनसंख्यामध्ये ५० जनाजतिले मात्र दुई घण्टा श्रमदान गरे । नहरलाई फोहोर फ्याँक्ने थलो बनाएका नहरछेउका बासिन्दाहरू रमिते बनेका थिए ।

पुस्तक पढ्ने बानीले निखार्छ बालबालिकालाई

बोजु, नयाँ किताब पढ्ने !’ छ–सात कक्षा पढ्दाताका नाति पर्ने एक जनाले हरेक साता मलाई यसरी सोध्ने गर्थ्यो । तिनताक हामी दुई पुस्तक भाडामा लिएर पढ्ने गर्थ्यौं । दुई जना मिलेर पढ्दा भाडाको पैसा पनि आधाआधा तिर्नुपर्थ्यो । स्कुले जीवनमा बेलाबखत पाहुना र आमाले दिने खाजाखर्च जोगाएर राखेको पैसाले म ती पुस्तक पढ्थें ।

विज्ञान बगैंचाबाट प्रभावकारी सिकाइ

बालविकास र शिशु कक्षाका विद्यार्थीलाई पत्रपत्रिका च्यात्न मन पर्छ । हामी शिक्षकहरू उनीहरूलाई बेलाबेला पत्रिका पट्याउन सिकाउँछौं । एलकेजी र यूकेजीका विद्यार्थीलाई पत्रपत्रिकाबाट कहिले डुंगा त कहिले हवाईजहाज बनाउन सिकाउँछौं, गर्मीयाममा यस्ता कागजबाट हातेपङ्खा बनाउन सिकाउँछौं ।

सहरी कृषिको प्रवर्द्धन

भान्साबाट निस्कने कुहिने फोहोरलाई कौसी र करेसाबारीमा मलका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे दुई महिनाअघि मसम्बद्ध एउटा सहकारी संस्थाले एकदिने अभिमुखीकरण कार्यक्रम गर्‍यो ।

बालबालिकाका यौनिक अभिव्यक्ति र व्यवहार

हेर्नु न म्याम, यसले मलाई आई लभ यु लेखेको कागज दिन्छ ।’ कक्षामा पढाइरहेका बेला कहिलेकाहीँ छात्राहरूले कागजको चिर्कटो देखाउँदै मलाई भन्ने गर्छन् ।