टीकाप्रसाद भट्ट

पहिरोले मन्थली–खुर्कोट सडक अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोले मन्थली खुर्कोट सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकाम जोड्ने पुष्पलाल मार्ग अन्तरगत मन्थली–खुर्कोट सडक खण्ड शनिबार पनि खुलाउन सकिएको छैन । शुक्रबार अवरोध पन्छाएर आंशिक रूपमा उक्त सडक खुलाइएपनि राति पहिरो गएपछि पुनः अवरुद्ध भएको हो । 

खडेरीले मकै सुके, खेत बाँझै

‘वारीमा मकै सुकेर आगो लाग्ने भए,’ भलुवाजोरका देवबहादुर बुढाथोकीले भने ‘बाह्र पाथीको विउ यो साल स्वाहा भयो ।’ खडेरीले उनको आउने सालको लागि भकारी रित्तो हुने भएको छ । पाखो बारीमा एक बालीको भरले पालिएका धेरै वस्ती खडेरीले अक्रान्त बनेका छन् । ‘वारीमा मकै सुके, घरमा भकारी रित्तिए अव कसोरी खाने ? ’ भलुवाजोरकै सान्नानी शाहीले भनिन । 

मन्त्रीले ढिँडो मस्काएपछि...

प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले दोरम्बाको ह्यालुङ स्वकारी तामाङ होमस्टे पुगेर आफैं ढिँडो मस्काएका छन् । मन्त्रीले ढिडो मस्काउन सक्दैनन् होला भनेर होमस्टे सञ्चालक छेउमै बसेका थिए तर उनले मौकै पाएनन् । ‘उहाँले मज्जाले मस्काउनु भयो, हामीले छुनै परेन ’ सञ्चालक मोमिन थिङ तामाङले भने । 

टीकाप्रसाद भट्टका लेखहरु :

खडेरीले आक्रान्त रामेछापको दक्षिणी क्षेत्र, पानीको स्रोतसँगै बालिनालीे पनि सुक्यो

पूर्विक्षेत्रबाट मनसुन भित्रिएको ३ दिन बित्दा रामेछापको दक्षिणी क्षेत्र खडेरीले आक्रान्त भइरहेको छ । खडेरीले किसानले पाखो जग्गामा लगाएका बालीनाली सुकेका छन् भने गर्मीले जनजीवन कष्टकर बनेको छ ।

ग्यास सिलिण्डरमा आगो लगाएर विष्फोट  

नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले रामेछापको सदरमुकाम नजिकै ग्यास सिलिण्डरमा आगो लगाएर पड्काएका छन् । सोमबार राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो । 

नगर प्रमुखमाथि आक्रमण

मन्थली नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकमा भुक्तानीसम्बन्धी विवादमा कार्यपालिकाका केही सदस्यले नगर प्रमुख रमेशकुमार बस्नेतमाथि आक्रमण गरेका छन् ।