राजबहादुर शाही

नगरका योजना अधुरै

छायानाथ–रारा नगरपालिकाले चालु आर्थिक वर्षमा ७० योजनाको सम्झौता गरे पनि कुनै पनि योजना सम्पन्न हुन सकेका छैनन् । नगरपालिकाले चालु आर्थिक वर्षमा एक सय ७६ योजनामा रकम विनियोजन गरेको छ । 

सरकारी जग्गा भागबन्डा

मुगमकार्मारोङ गाउँपालिका– ५ सेरोक गाउँका बासिन्दाले सरकारी जग्गा नापेर भागबण्डा गरी भोगचलन गर्दै आएका छन् । पूलु बगरमा रहेको करिव ७ रोपनी सरकारी जग्गा सेरोक गाउँका ७० परिवारले प्रतिघरधुरी तीन मिटरका दरले भागबन्डा गरेका हुन् । उक्त जग्गामा घर र स्याउ बगैचा निर्माण गरिएका छन् । 

चोरी-सिकारीले वन्यजन्तु संकटमा

सिकारीको हूलले गत साता छाइल गाउँको वन क्षेत्रमा लखेट्दै गरेको घोरल आत्तिएर कर्णाली नदीमा हाम फाल्यो । लगत्तै मुगमकार्मारोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले सिकारीलाई नियन्त्रण लिए र डिभिजन वन कार्यालयमा बुझाए ।

बाली भित्र्याउँदै किसान

औंलबस्तीका किसानले बाली भित्र्याउन सुरु गरेका छन् । जौ, गहुँलगायत बाली भित्र्याउन किसान व्यस्त बनेका हुन् । कार्कीबाडा, चैन, सुकमढिक, गम्था, सेरी, फोतु लिब्रु, नार्थपु गुल्मा, जिमासिपलगायत बस्तीका किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ भएको हो । 

जुत्ता सिलाएर पढाइ खर्च

छायानाथरारा नगपालिकाको चरापगाउँका १२ वषर्ीय रामबहादुर विकले गमगढी बजारमा जुत्ता सिलाएर आफ्नो पढाइ खर्च धानिरहेका छन् । गमगढी बजारको सालिक नजिकै सानो टहरोमा उनी बाबुसँगै जुत्ता सिउँछन् ।

राजबहादुर शाहीका लेखहरु :

मुगुमा योजना सम्झौताको चटारो

आर्थिक वर्ष सुरु भएको १० महिनापछि छायानाथ–रारा नगरपालिका र मुगमकार्मारोङ गाउँपालिकामा योजना सम्झौताको चटारो सुरु भएको छ । योजना सम्झौताको चटारोका कारण नगरपालिकामा उपभोक्ताको घुँइचो बढेको छ ।

गाउँपालिकाको रोजगार कार्यक्रम : बाटो खन्दै स्थानीय

मुगमकार्मारोङ गाउँपालिकाले सञ्चालन गरेको अध्यक्ष रोजगार कार्यक्रमले विपन्न युवामा उत्साह ल्याएको छ । स्थानीयलाई विकास कार्यक्रममा सहभागी गराउन चालु आर्थिक वर्षदेखि रोजगार कार्यक्रम सञ्चालन गरिएको हो ।

हुम्लामा मौसमी रुघाखोकीबाट ८ जनाको मृत्यु 

हुम्लाको ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट दुई बालकसहित ८ जनाको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ देखि ३ मा रुघाखोकीले ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तुलसी अधिकारीले जानकारी गराए । 

असिनाले स्याउमा क्षति

छायाँनाथरारा नगरपालिकाका विभिन्न बस्तीका स्याउ बारीमा असिनापानीले ठूलो क्षति पुर्‍याएको छ । दाना लाग्दै गरेका स्याउका फूल असिनाले झारेपछि किसान चिन्तित बनेका छन् । ताल्ता, मइतु, कालापाल्ता, माथितुम, पिना, झ्यारी, बामलगायत गाउँमा असिनाले ठूलो क्षति गरेको हो । 

कोदो र कागुनो छर्ने चटारो

मुगमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँका सोनाम तोर्चे लामालाई कोदो र कागुनो छर्ने चटारो छ । खाना बोकेर बिहानै बारीमा जाने दिनभर काम गरेर अबेरमात्र घर फर्कन्छन् । उनी सातादेखि बारीमै व्यस्त छन् ।