२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

सम्पादकीय

कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

सम्पादकीयका लेखहरु :

लूबाट जोगिऔं, जोगाऔं

निरन्तर गर्मी बढिरहँदा तराई–मधेशको जनजीवन व्यापक मात्रामा प्रभावित भइरहेको छ । धेरै ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । तातो सुक्खा हावाको लहर अर्थात् ‘लू’ चल्न थालेको छ । त्यस क्षेत्रमा तत्काल वर्षा भइहाल्ने सम्भावना पनि देखिएको छैन । त्यसैले तापक्रम अझै बढ्न सक्छ ।

स्यान्टुले बढाएको नेपाली खेलकुदको सान 

नेपाली खेलकुदमा टेबल टेनिसको इतिहास निकै लामो र समृद्ध छ । नेपालमा खेलिँदै आएका खेलमध्ये सबैभन्दा पुरानोमा टेबल टेनिस पनि पर्छ । यस खेलबाट नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा धेरै सफलता पनि प्राप्त गरेको छ । यसै क्रममा नेपाली टेबल टेनिसले नयाँ ऐतिहासिक उपलब्धि हात पारेको छ, यो हो– पेरिसमा यसै वर्ष हुने ओलम्पिकका लागि नेपाली खेलाडीको सिधा छनोट । स्यान्टु श्रेष्ठले यो कोसेढुंगा उपलब्धि चुमेका हुन् । 

नीति तथा कार्यक्रमको परीक्षा बजेटमा

राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्घोषका साथ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । २१७ बुँदाको नीति तथा कार्यक्रमले अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जनामा जोड दिन खोजेको छ ।

आवधिक योजनाको महत्त्वाकांक्षा

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा जोड दिँदै सोह्रौं पञ्चवर्षीय योजना ल्याएको छ । संघीयता कार्यान्वयनपछि यो दोस्रो आवधिक योजना हो । पन्ध्रौं योजनाको अवधि असार मसान्तमा सकिँदै छ ।

गिरीबन्धु टी इस्टेट प्रकरणको पटाक्षेप

झापास्थित गिरीबन्धु टी इस्टेटले भोगचलन गर्दै आएको जग्गा सट्टापट्टा नाममा बेचबिखन गरेर आर्थिक लाभ लिने प्रपञ्चलाई सर्वोच्च अदालतले लगाम लगाइदिएको छ । बिर्तामोड बजार विस्तार हुँदै जाँदा टी इस्टेटको जग्गा बहुमूल्य घडेरीका रूपमा बिक्री हुने सम्भावना देखिएपछि साटफेरको खेल सुरु भएको थियो ।

कहिल्यै नसुध्रिएको बजेट खर्च पद्धति

खर्च पद्धतिमा सुधार ल्याउन भन्दै आर्थिक वर्ष सुरु हुनु डेढ महिनाअघि नै वार्षिक बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था गरिएको एक दशक हुन लागेको छ । खर्च प्रणालीका सन्दर्भमा समयसीमा तोकेरै नियम–कानुनसमेत ल्याइएका छन् । बजेट कार्यान्वयनमा सुधार ल्याउने वाचा प्रधानमन्त्री, मन्त्रीहरूबाट दोहोरिरहेको हुन्छ ।

हिमालको सफाइ र आरोहीको सुरक्षामा ध्यान

यतिबेला वसन्तकालीन हिमाल आरोहण चलिरहेको छ । आरोही कोही हिमालतिर लम्किरहेका छन्, कोही शिखरबाट फर्किरहेका छन् । सर्वाधिक आरोहण हुने सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा व्यापक चहलपहल छ । सगरमाथा आधारशिविरमा देशी–विदेशी आरोही, पथप्रदर्शक, भरियादेखि भान्सेसम्मको भीड छ । हिमाल आरोहणबाट राज्यले मनग्य राजस्व संकलन गरिरहेको छ, यसबाट स्थानीयस्तरमा व्यवसाय र रोजगारी प्रवर्द्धनमा पनि टेवा पुगिरहेको छ ।

पहाडी भेगमा खानेपानीकै पिरलो

पहाडी भेगका अधिकांश बस्तीले धेरथोर झेल्दै आएको समस्या हो– खानेपानीको अभाव । धेरै परिवार बर्खायाममै पनि स्वच्छ खानेपानीको पहुँचबाट टाढा छन् । सुक्खायाममा त भएका मुहानसमेत सुक्छन् । खाना पकाउने र पिउने पानीकै जोहो कसरी गर्ने पिरलोमा गुज्रनुपर्छ, बालीनालीका लागि सिँचाइ त परको कुरा भयो । खेतीपाती आकाशेपानीमा निर्भर हुँदै गएको छ ।

सुनकोशी–मरिणले जगाएको आशा

सुनकोशी नदीको पानी मरिण खोलामा खसालेर मधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने र बिजुली पनि निकाल्ने उद्देश्यका साथ अघि बढाइएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाले महत्त्वपूर्ण कोसेढुंगा पार गरेको छ ।

सडक सञ्जालमा बल्ल सिमकोट

राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी एउटै मात्र जिल्ला सदरमुकाम थियो– सिमकोट (हुम्ला) । सिमकोटलाई चीनको सीमाक्षेत्र हिल्सासँग जोड्ने सडक भने पहिल्यै खुलेको थियो । हेलिकोप्टरबाट ओसारिएका र रसुवागढीबाट सीमापारि हुँदै पुर्‍याइएका गाडी सिमकोटबाट हिल्सा र अन्य केही गाउँसम्म चल्थे ।