श्रीकृष्ण अनिरुद्ध गौतम

के हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

संविधान आएसँगै देशको राजनीतिक परिदृश्यबाट पाखा परिसकेको प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रसंग भर्खरै फेरि चर्चामा आएको छ । यसलाई हालै दुई कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुईमध्ये एक अध्यक्ष पुष्पकमल दाहालले पुन: चर्चामा ल्याएका हुन् ।

के गणतन्त्र असुरक्षित छ ?

गणतन्त्र स्थापनायता १० वर्ष व्यतीत भएका छन् । यसबीच यसको स्थायित्वलाई लिएर उठ्ने गरेका थुप्रै आशंका हटेका छन् । यद्यपि असहज परिस्थितिबीच संविधान जारी गरिएका प्रसंग र त्यससँगै भारतद्वारा लगाइएको आर्थिक नाकाबन्दी सदैव स्मृतिमा रहिरहनेछन् ।

मोदी भ्रमणका अर्थ–यथार्थ

गए साता शुक्रबार अर्थात् २८ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी एकरात काठमाडौं बस्दै २ दिनको नेपाल भ्रमणमा आएर फर्के । भ्रमण प्रकटमा तीर्थाटन थियो र समग्रमा पनि तीर्थाटन नै थियो, सारा प्रबन्ध नै तीर्थयात्राकै थियो ।

नरेन्द्र मोदीको तीर्थाटन

कार्यक्रममा तलमाथि नभए भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी २८ वैशाखमा भारतको विहार प्रदेशको पटनाबाट सोझै जनकपुरधाम आउनेछन् । उनको अर्को गन्तव्य छ, मुक्तिनाथ । काठमाडौं त जनकपुरबाट मुक्तिनाथ जाँदाको ‘ट्रान्जिट’ मात्र हो ।

सिन्डिकेटविरुद्ध सरकार !

सरकारले यातायातमा रहेको सिन्डिकेट हटाउने निर्णय गरेको छ । यहाँ के भन्नु जरुरी हुन्छ भने सिन्डिकेट आफैंमा नकारात्मक होइन र थिएन, यो शब्द आफैंमा सकारात्मक हो । यसलाई व्यावसायिक–संघका रूपमा बुझ्नुपर्ने हुन्थ्यो, यातायात सेवाप्रदायी संघका रूपमा ।

श्रीकृष्ण अनिरुद्ध गौतमका लेखहरु :

ओलीको दिल्ली आकर्षण

केही भइपरी नआएमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको तारन्तारको निमन्त्रणामा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली भारतको ३ दिने औपचारिक सद्भावना भ्रमणका लागि यी हरफ प्रकाशित भएकै दिन दिल्ली प्रस्थान गर्दैछन् ।

संघीयताविरोधी मानसिकता

प्रदेशसभा सदस्यहरू अलमलिएका छन्, मुख्यमन्त्रीहरू के गर्नु, के नगर्नु, रनभुल्लमा छन् । सभामुखहरूले सभाका कामकारबाही जान्ने–बुझ्ने कर्मचारी पाएका छैनन् । सभा सदस्य, मुख्यमन्त्री र सभामुखहरू आआफ्नो मुकाममा के गरेर बस्ने भन्ने मेलो नपाएर काठमाडौं धाइरहेका छन् ।

ओलीका चुनौती

राज्यको संरचना फेरिएको छ । शासनमा पुग्नेहरूमध्ये नयाँ र पुराना दुवै अनुहार मिसिएका छन् । कतिपय भोगिएकै मानिस छन्, निश्चय नै केहीको प्रतिस्थापन भएको छ । तर शरीर फेरिए पनि प्रवृत्तिगत हिसाबले उल्लेख्य अन्तर छैन । तथापि संरचना फेरिएपछि पात्रहरूले आफ्नो कार्यशैली बदल्नैपर्छ ।

नयाँ युगमा पदार्पण

बनेदेखि नै केन्द्रीकृत र हैकमी रहेको देश अब प्रदेशसभाहरू गठनसँगै ७ प्रदेशको संघमा रूपान्तरित भएको छ । यसमा खुसी हुनेहरू छन्, दु:खी हुने नभएका होइनन् । जहाँ एक पक्ष खुसी हुन्छ, अर्को पक्ष दु:खी हुनु स्वाभाविक हो, प्राकृतिक नियम नै हो । एकै ठाउँमा स्रोतसाधन गुटमुट्याएर खाइपाइ आएका दु:खी हुनु, एकै किसिमका अनुहार, एकै वर्गको रजगजमा बानी परेकालाई स्रोतसाधन बाँड्नुपर्दा पीडा हुनु अस्वाभाविक होइन ।