कुमार नगरकोटी

कुमारजी उवाच : बेग्लै, अलग !

गनेस ‘पैताला’ पौडेलले न्युरोडको एउटा एटीएम मेसिनमा कार्ड घुसार्‍यो  । यो केही वर्षअघिको कुरा हो  । बदलामा मेसिनले आफ्नो धर्म निर्वाह गर्दै श्री नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको हजारका पचास नोटहरू फ्याँकिदियो । कागजका ती मूल्यवान खोस्टाहरू सोहोरीवरी ऊ नजिकैको एउटा इलेक्ट्रोनिक पसलमा छिर्‍यो ।

नीरु राजवंशीका नेप्लिकाना अफेयर्स

नीरु राजवंशीको मनभित्र एउटा ग्रेभयार्ड थियो । यू मे कल इट अ नेप्लिकाना ग्रेभयार्ड, यू सी ! त्यो ग्रेभयार्डमा एउटा सर्रियल क्याफे थियो । क्याफेभित्र एउटा ग्यालेरी थियो । ग्यालेरी कुनै इन्स्टलेसन आर्टिस्टले बनाइदिएको हुनुपर्छ, जो निकै भव्य थियो । कलात्मक एवं सभ्य थियो । 

स्मृति–ग्रहण

नमस्ते तथा शुभ सन्ध्या । न्युजरुमको सिलिङमा जडित मोन्स्टर क्लकमा अहिले पाँच बजेर पाँच मिनेट गएको छ । यो सन्ध्याकालीन न्युज बुलेटिन प्रसारण गर्नका निम्ति म तपाईंसमक्ष प्रस्तुत भइसकेकी छु । तपाईंको रेडियोले यदि भर्खर मात्र हाम्रो सिग्नल टिपेको छ भने तपाईं सही मेघाहर्जसित कनेक्ट हुनुभएको छ ।

कुमार नगरकोटीका लेखहरु :

दोचा

यो विक्रम संवत् २०३७/०३८ तिरको कुरा हो । चिन्डे नगरकोटी त्यस बेला एक अबोध बालक थियो । यो कुरा भने बेग्लै हो कि त्यो बचपनको अबोधपना –अरू मानिसहरूझैं– जवानीमा नष्ट भयो ।