सरिता तिवारी

तीज खारेजीको प्रश्न

बर्सेनि तीज आएसँगै यसबारे बहस तीव्र बन्छ । कतिपयको तर्क छ, तीजमाथि केको बहस ? मनलागे मनाऊ, नलागे चुप बस । कति भन्छन्, महिलामाथिको हिंसा र उत्पीडन उन्मूलन गर्नुपर्छ भने स्त्रीद्वेषी प्रथा, परम्परा र संस्कृतिमाथि बारम्बार प्रश्न र प्रतिक्रिया गरिनुपर्छ । यी समाजका लागि कति ग्राह्य र कति त्याज्य छन्, तिनको जाँच गरिनुपर्छ ।

लोकतन्त्र कसको ?

लामो समयको राजनीतिक अनुभव र अभ्यासपछि संसारभर ‘लोकतन्त्र’ नामको अवधारणा सर्वग्राह्य र अनुकूल हुँदै आएको हो । युरोपको प्रबोधन र पुनर्जागरण कालपछि यसको विस्तार हुनपुग्यो । फ्रेन्च र अमेरिकी राज्यक्रान्ति हुँदै रूस, चीनका योजनाबद्ध क्रान्तिहरूले आआफ्नै ढङ्गबाट समाज र व्यवस्था परिवर्तनका रूपहरूलाई अभिव्यक्ति दिए ।

प्रलेस : हिङ बाँधेको टालो

प्रगतीशिल लेखक संघले नियमित रूपमा परिसंवाद र छलफल नगर्ने होइन । प्रकाशन पनि नगरेको होइन । भेला र बैठक पनि भइरहन्छन् । तर, यसको चरित्र लगभग कर्मकाण्डी भइसकेको छ । पछिल्लो समय प्रलेस दिशा बिर्सिएर महासागरमा भौंतारिइहरेको जहाजजस्तो बनेको छ ।

कस्तो पुरुष उत्पादन गर्दै छौं ?

भर्खरै ‘अन’ गरेको मोबाइलको मेसेज बक्समा कसैले पठाएको कञ्चनपुरको दुर्दान्त खबरको भिडियो क्लिप देखियो । खोलेर हेर्दाहेर्दै चेतनाशून्य, रनन्नन भएँ । ‘नोटिफिकेसन बार’मा प्रकट थियो, निर्वाचन आयुक्त इला शर्माले म लगायत केही महिला लेखकलाई ट्याग गरेको एउटा ट्विट ।

रति : कविता थेरापीकी दूत

महिलालाई एक बिचरी र निरुपायका रूपमा मात्रै चित्रित गर्ने कुराको म जहिल्यै विरोधी हुँ । महिला दया र कृपाका पात्र होइनन् । यसको मतलब उनीहरू महान् र सौर्यवान् मात्रै छन् भन्ने पनि होइन तर महिलाका विषयलाई लिएर बोल्दा वा लेख्दा दैनन्दिन उनीहरू कति सामान्य तरिकाले कति असामान्य जिन्दगी बाँचिरहेका छन् भन्ने पनि बुझ्नु जरुरी छ ।

सरिता तिवारीका लेखहरु :

साहित्यमा त्यो हस्तक्षेप

नेपाली साहित्यका पाठक पारिजातको लेखनबाट अपरिचित र अप्रभावित छैनन् । सबै खाले पाठकलाई पारिजातको साहित्य रुचाउने सुविधा छ । यस्तो सुविधा कमै मात्र लेखक पढ्नुमा हुँदो हो ।

१९ नम्बर : अवसाद र शोकका कथा

पठन कोरा पठन मात्र नहोस् । पढ्नकै लागि मात्र नहोस् । पठनले आफूलाई नयाँ मानिस बनाइदेओस् । सोचको तलाउ तरङ्गित बनाइदेओस् । कुनै नयाँ सुगन्ध बोकेको हावा आफूसँग छोइएर बहेजस्तो ।

मुण्ड–मुण्ड वधूशिक्षा

१८७१ सालमा जन्मिएका ‘आदिकवि’ भानुभक्त आचार्यले आदर्श बुहारी र पत्नीका लक्षण बयान गर्दै एक विशेष रचना लेखे— ‘वधूशिक्षा’ । आफूले लेखेको ३३ श्लोके काव्यको कालान्तरसम्म झन्–झन् चर्चा होला भन्ने पूर्वानुमान हुन्थ्यो भने कविले यस विषयमा महाकाव्यै लेख्दा हुन् ।

तपाईं कहाँनेर उभिने ?

सामान्यतया पुरुष पितृसत्ताको कारिन्दा हो । हेर्दा कार्यकारी देखिए पनि पुरुषसमेत यो सत्ताको जालोबाट मुक्त छैन । पितृसत्ता खासमा पुरुषविशेषको मात्र सत्ता होइन, पुलिंगकेन्द्री पारिवारिक र सांस्कृतिक राजनीतिको सत्ता हो ।