१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

यादव देवकोटा

यादव देवकोटाका लेखहरु :

‘कायाकल्प’ को साँघुमाथि मानव समाज

जोखिमको भट्टीनदीको एक किनारामा उभिएको जीवलाई अर्को किनारामा पुग्न या पौडन सक्ने खुबी चाहिन्छ या साँघुको । आज त्यो साँघु परम्परागत साँघुमै सीमित रहेन । जहाज, पानीजहाज नै किन नहोस्, तिनले गर्ने काम फेरि पनि साँघुकै हो– मानिसलाई एक किनाराबाट अर्को किनारामा पुर्‍याउनु ! 

नागरिक बेच्ने शासकहरू

विक्रम संवत् १८७१–७२ को नेपाल–अंग्रेज युद्धपछि नेपाली समाजको परम्परागत सास्कृंतिक–सामाजिक चिन्तनधाराले नयाँ अभ्यासको बाटो समात्यो ।

उत्तेजनाको लप्कोमा फसिरहेको समाज

हाम्रो समाजको चेतनाको ‘ब्लुप्रिन्ट’ भाग्यवादी छ । जीवनमा जे–जस्ता दुःखहरूको घेराबन्दी छ, त्यसबाट त्राण पाउन यहाँको सामाजिक सत्ता व्यवस्थाले उनीहरूको दिमागमा भरिदिएको छ एउटै चेतना- ‘भाग्यको खेल ! कर्मै यस्तो !’

मिथ्या ज्ञान बेचिरहेको प्रज्ञा प्रतिष्ठान

प्रतारितनेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका नाममा स्थापित नेपाली भाषा, साहित्य र ज्ञानको संवर्द्धन, प्रवर्द्धनका निम्ति क्रियाशील संस्था गणतन्त्रात्मक शासनकाल यता नेपाल प्रज्ञा प्रतिष्ठानका रूपमा अस्तित्वमा छ । प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने शब्दकोष, पुस्तकहरूले आधिकारिक प्रज्ञा प्रवेशित सामग्रीका रूपमा आम पाठकमाझ प्राभाविक उपस्थिति जनाउने गरेको छ । पाठकमा प्रज्ञाले छापेका सामग्री आधिकारिक हुन्छ, सत्य हुन्छ भन्ने चेतना सर्वमान्य रूपमा उपस्थित छ । तर, प्रतिष्ठानको नेतृत्व गरिरहेकाहरूले भने नेपाली समाजको यो विश्वासलाई प्रतारित गरिरहेको पाइएको छ ।

जनताको विश्वास गुमाइरहेको राज्य व्यवस्था

बर्खे झरी । हिलो र धूलो । मिटरब्याजी सुदखोरको जालझेल र अत्यासलाग्दो ठगीमा परेर न्याय खोज्न काठमाडौं आएका पीडित किसानहरूको धर्ना र प्रदर्शन तीन साता पुगिसक्दा पनि जारी छ । मर्कामा परेका नागरिकलाई सुन्ने र समाधान दिने दायित्व बोकेको सरकार लापता छ ।

सुदखोरलाई संरक्षण गरेर गरिब रुवाइरहेको सत्ता !

गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, मोही छैनगरिबको चमेली बोल्दिने कोही छैनरातो भाले धुरीमा करायो, करायोगरिबको चमेली निसाफै हरायोधनीलाई धनमाथि धनै छ, धनै छगरिबलाई चमेली रिनमाथि रिनै छधन हुनेलाई छँदै छ चैन, चैनगरिबलाई चमेली लाग्दछ ऐन– रामेश–मञ्जुल

‘नीति’ हराएको ‘राजनीति’

भाष्य मानव समाजको इतिहास उसै पनि स्वार्थहरूको गठजोडमा पाइन लगाउने यत्नहरूद्वारा अभिप्रेरित इतिहास हो । आजसम्मको मानव समाजको इतिहासमा मानव जातिले जे–जे क्रियाहरूमा आफूलाई समर्पित गर्‍यो, ती सबै आफ्नो स्वार्थमा साँध लगाउनका लागि गर्‍यो । उसै पनि मानिस मौजुद वनस्पति र जीव–जनावरमध्ये सबैभन्दा स्वार्थी जीव हो भन्ने तथ्य कम से कम आधुनिक मानवको सवा तीन लाख वर्षभन्दा लामो पदचापको इतिहासले आलोकित गरेको छ ।