सुनीता बराल

सुनीता बरालका लेखहरु :

६ लाख ऋण, साढे ३३ लाख तिर्दा पनि सिद्धिएन

महोत्तरी औरही–१ का गोविन्द चौधरीले घर चलाउन साहुबाट २०६८ मा ५ लाख ऋण लिएका थिए । ऋण दिने रामगोपालपुर–७ का सुशीलकुमार चौधरीलाई एक महिनामै राष्ट्रिय वाणिज्य बैंकमार्फत अढाई लाख रुपैयाँ फिर्ता पनि गरे ।

तराईमा शीतलहर सुरु

बुधबारदेखि बढेको कठ्यांग्रिँदो चिसोसँगै चलेको शीतलहरले मधेसको जनजीवन कष्टपूर्ण बनेको छ । घाम नलाग्दा दिनभर बाक्लो हुस्सुले अँध्यारो छ । सहरमा मानिसहरूको चहलपहल पातलिएको छ ।

आमासँगै जेल

ताराखोला गाउँपालिका–४ की खुमला परियार पति हत्या आरोपमा बागलुङ कारागारमा छिन् । आठ महिनाअघि पक्राउ परेकी उनी पुर्पक्षका लागि कारागार ल्याइएकी हुन् । भर्खरै कक्षा १ मा पुगेका ६ वर्षीय छोरा पनि आमासँगै कारागारभित्र छन् । परिवारमा अरू सदस्य नभएको र स्याहार गर्ने कोही नपाएपछि बालक कारागारमै बस्न बाध्य भएका हुन् ।

आफ्नो नाम आफैं खोज्दै मतदाता

महोत्तरीको गौशाला- १ स्थित मावि रामनगर मतदान केन्द्रमा मतदाताहरूले मतदाता नामावलीमा रहेको आफ्नो नामको क्रमसङ्ख्या आफैंले खोजिरहेका छन् । मतदान अधिकृत कालिचरण चौधरीले मतदाता  आफैँले स्वतःस्फुर्त रुपमा सहयोग गरेको बताए ।

गरिबको झुपडीमा छैन दसैंको रौनक

रोग र अभावले छटपटाइरहेकी बर्दिबास–३ की ४७ वर्षीया हरिमाया दमैको घरमा दसैंको कुनै रौनक छैन । सानो दुई कोठे टालीको छाना भएको घर छ तर न झिकेर खान अन्न छ न किनेर खान पैसा । दसैं आओस् कि तिहार उनलाई कोही र केही नभएको पीडाले पोल्छ । एक छोरा र एक छोरी हरिमायाले गुमाइसकेकी छन् । 

मधेसमा उखरमाउलो गर्मी

पानी परेको छैन, तापक्रम दिनदिनै बढेको छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले यहाँको जनजीवन कष्टकर बनाएको छ । दिनदिनै तापक्रम ३८ डिग्रीभन्दा माथि पुग्दा सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यतिबिध्न छ कि पंखाको भरमा घरमा बस्न पनि गाह्रो छ ।

महोत्तरीमा वर्षाजन्य विपद्को पूर्वतयारी

वर्षाको समय नजिकिँदै गर्दा महोत्तरीमा सुरक्षाकर्मीले वर्षाजन्य विपद्‌बाट बच्ने अभ्यास गरेका छन् । मटिहानी नगरपालिका ७ स्थित लक्ष्मी सागरमा जिल्लाको विपद् व्यवस्थापन समितिले वर्षाजन्य विपद्को पूर्वतयारीअनुरूप सो अभ्यास गराएको हो । 

परिवारकै सात जना रहेनन्

बिलौना गरिरहेकी शान्ति लामा बेलाबेला डाँको छाडेर रुन्छिन् । बहिनी कान्ति, बुहारीहरू प्रेमकुमारी, पवित्रा र प्रतिष्मा घरीघरी परिवारको सम्झनामा भक्कानिइरहेका छन् । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दुर्घटनामा परिवारका सात जना एकैपटक गुमेको खबरले शान्तिको परिवारसँगै धनुषाको मिथिला–११ लोहटा गाउँ नै स्तब्ध छ । ‘हे निष्ठुरी दैव, मेरा सबैलाई किन लगिस् ? किन बनाइस् हामीलाई टुहुरो ? म कसरी मन बुझाऊँ ? कसको सहारामा बाँचौं ?’ शान्ति भनिरहन्छिन् ।

पुरानै उम्मेदवारको निरन्तरता

स्थानीय तहको निर्वाचनमा मुख्य दलहरूले सिरहाका अधिकांश स्थानीय तहमा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । धनगढीमाई नगरपालिकामा माओवादी केन्द्रले निवर्तमान प्रमुख हरिनारायण चौधरी र उपप्रमुख फूलकुमारी श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको छ ।

अब तरकारी किन्न धान बेच्नु पर्दैन

धान बेचेर तरकारी किन्नुपर्ने महोत्तरीको बर्दिबास–३ राजाबासका स्थानीय अहिले आफैं तरकारी खेतीमा लागेका छन् । खानेपानीको समेत समस्या भोग्दै आएका स्थानीय वर्षायाममा अकाशे पानीको भरमा धान लगाउँथे । त्यही धान बेचेर तरकारीको जोहो गर्थे ।