कर्णाली ब्युरो

संरक्षण नहुँदा साँघुरिए कर्णालीका ताल

रारा पुग्न जति सास्ती छ, त्यहाँ पुगेपछि देखिने दृश्यले पर्यटकको मन उत्तिकै कुँडिन्छ । ताल किनारमा जताततै फोहोरमैला छ । मुर्मा, पिना, झयारी, टोप्ला, ताल्चा, तलितुम, माथितुम, हेन्नीकाँधलगायत गाउँबाट दैनिकजसो आउने पशुचौपायाले ताल क्षेत्रमा फोहोर गर्नुका साथै किनारका विभिन्न थरी बिरुवा र फूलहरू नाश गरिरहेका छन् ।

घुम्ती शिविरमा सिमकार्डदेखि नागरिकतासम्म

स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले गुठीचौर गाउँपालिका–२ मा पहिलोपटक एकीकृत घुम्ती शिविर गरेको छ । शिविरमा मोबाइलको सिमकार्डदेखि नागरिकतासम्म वितरण गरियो ।

हिमपातले हिँड्डुल गर्नै सकस

हिमपात भइरहेपछि कर्णाली जिल्लाको जनजीवन अत्यन्तै प्रभावित भएको छ । जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ जान सास्ती भइरहेको छ । हवाई सेवा अवरुद्ध हुँदा सुर्खेत, नेपालगन्जसँगको सम्बन्धविच्छेदजस्तै छ ।

कर्णालीमा विद्यालय भर्ना अभियान : कतै सुरसार, कतै सुनसान

हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका विद्यालयमा दुईखाले शैक्षिक सत्र लागू छ । अधिक चिसो हुने र कम चिसो हुने क्षेत्रमा वैशाखमा शैक्षिक सत्र सुरु हुन्छ भने मध्यमखाले चिसो हुने क्षेत्रमा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।

निमित्तका भरमा न्यायालय

माघ १८ गते मुगु जिल्ला अदालतले जबरजस्ती करणी उद्योगका चार अभियुक्तलाई ५० हजार धरौटीमा रिहा गर्‍यो । आदेश दिने ‘अधिकारी’ थिए, अदालतका कम्प्युटर अपरेटर बालकुमार मल्ल ।

कर्णाली ब्युरोका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।