सिन्ह्वा

ट्रम्पले पठाए किमलाई सन्देश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निःशस्त्रीकरण गराउने विषयमा संवादका लागि सन्देश पठाएका छन् ।

दुई कोरियाको चौथो शिखर सम्मेलन हुँदै

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता किम जोन–अनसँग चौथो शिखर सम्मेलनका लागि तयारी सुरु भएको बताएका छन् । 

पेरुका प्रधानमन्त्रीको राजीनामा

पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाएका छन् । 

चीनमा अनलाइन शिक्षाको लोकप्रियता बढ्दो

चीनमा अनलाइन शिक्षाको लोकप्रियता तीव्र रुपमा बढ्दै गएको अध्ययनहरुले देखाएका छन् । गत वर्ष मात्रै अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले वृद्धि भएर २० करोड १० लाख पुगेको छ । चीनमा समग्र अनलाइनमा पहुँच रहेकामध्ये यो २४.३ प्रतिशत हिस्सा हो । 

सिन्ह्वाका लेखहरु :

मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएको संसद्को आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ । 

चुनावको पूर्वसन्ध्यामा नाइजेरियामा ६६ जनाको हत्या

राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा उनीहरु मारिएका हुन् । 

अमेरिकाले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै रुसको आपत्ति

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

भारतमा गोली हानी विधायकको हत्या

भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् । पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन । 

राजकुमारीको उम्मेदवारीप्रति थाइल्यान्डका राजाको असन्तुष्टि

थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाएका छन् ।