डा. ललित कुमार मिश्र

किन हुन्छ जाडोयाममा डिप्रेसन ?

जाडोको याममा अवसादडिप्रेसन हुनु, एक मानसिक समस्याको रुपमा देखिन्छ । डिप्रेसन हुनुमा यसका अनेकौ कारणहरु छन् । यदि तपाई जाडोको माहिनामा अन्य मौसमको तुलनामा आलस्य, थकानका साथै उदासीपन महशुस गर्नु हुन्छ भने तपाईलाई सिजनल एफेक्टिव डिसार्डर (सैड) को समस्या हुनसक्छ ।

अनुहारको छालामा देखिने छिद्रबाट बच्ने उपाय 

अनुहारमा हुने ओपनपोर्स, यसले तपाईको अनुहारको सौन्दर्यलाई बिगार्ने मात्र होईन कि छालाको लागि पनि नोक्सानदायक हुन सक्छ । यस अवस्थामा छालाको बिषेश ख्याल राख्नुपर्ने हुन्छ । ओपनपोर्स अनुहारको एउटा ठुलो समस्या हो । यो मानिसको उमेर बढ्नुको साथ साथै बढ्दै जान्छ ।

क्लेप्टोमेनिया- चाेरी गर्ने बानी !

कतै तपाईंको चोरी गर्ने बानी त छैनरु चोरी गर्ने बानी एक किसिमको मानसिक रोग हो । यस रोगबाट पीडित रोगी साधारण चोरको जस्तो समाजकोलागी खतरा या घातक हुँदैनन् । किनभने ऊ कुनै व्याक्तिगत फाईदा या जीवनयापनको लागि भनेर चोरी गर्दैन ।

किन बढ्छ जाडोमा ब्लडप्रेसर ?

हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ। तर जाडोमा धेरैजसो मानिसहरुको ब्लडप्रेसर अचानक बढन जानन्छ । यस अवस्थामा टाउकोदुख्नु, नाकबाट रगतआउनु, आँखाले धमिलो देख्नु, छाती कस्सिएको अनुभव हुनु , छातीदुख्नु, स्वाँसको गति तीब्र हुनु आदि समस्याहरु हुनसक्छ । धैरेजसोलाई त थाहा नै हुँदैन कि मेरो ब्लडप्रेसर बढेको छ, सामान्य छैन, कारण उनीहरुमा ब्लडप्रेसरको लक्षण नै देखापर्दैन ।

आँखा पाक्ने रोगबाट बच्ने उपायहरु

आँखाको बिभिन्न समस्याहरु मध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । आँखा रातो हुनु , आँशु बग्नु, आँखाको ढकनी सुन्निनु, कचिरा लाग्नु आदि आँखा पाक्ने संकेत हुन् । बोलीचालीको भाषामा यसो हुनु भनेको आँखाको रोगी भएको सूचक हो । यसलाई चिकित्साको भाषामा 'कन्जक्टीवाईटिस्' भनिन्छ । 'कन्जक्टीवाईटिस्' एक प्रकारको वायरल इन्फेक्सन हो । जुन कहिले काहिं ब्याक्टेरियाको कारणले पनि हुन सक्छ । यसलाई आम भाषामा आँखा पाक्नु भनिन्छ । यो एक संक्रामक रोग हो ।

डा. ललित कुमार मिश्रका लेखहरु :

कष्टकर रोग– पक्षघात

पक्षाघात स्नायु प्रणालीसगं सम्बन्धित एउटा कष्टदायक रोग हो । मस्तिष्कको कुनै भागमा रक्तप्रवाह हुन नसकेमा त्यो भाग निस्क्रिय हुन्छ । त्यस भागले नियन्त्र गर्ने शरीरको अगं समेत निस्क्रिय हुन्छ । त्यसलाई पक्षाघात र अंग्रेजी भाषामा प्यारलाईसीस भनिन्छ ।

के तपाईंलाई टन्सील भएको छ ?

आधुनिक जीवनमा टन्सीलाईटीस अर्थात घाँटीको समस्याले प्राय: जसो घरका एक सदस्य खासगरी केटा-केटिहरुलाई बेलाबखतमा दुख: दिइरहेको हुन्छ । टन्सील शरीरको रोग प्रतिरोधात्मक प्रणालीको एक महत्वपूर्ण हिस्सा हो । जसले नाक र मुखबाट पसेका किटाणुहरुलाई नष्टगर्ने काम गर्दछ अर्थात यसले द्वारपालको काम गर्दछ भन्दा अतियुक्ती न होला ।

किन हुन्छ एलर्जी ?

हाम्रो शरीर भित्र कुनैपनि बाहिरी तत्वकोप्रवेश गर्दा त्यसको विरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिकृया देखाउने गर्दछ । एलर्जी एकप्रकारको असमान्य प्रतिक्रिया हो । जुन प्रतिक्रिया छालामा देखीने गर्दछ, यसलाई एलर्जी भन्छन् ।

बच्चाहरुकाे ओछ्यानमा पिसाव फेर्ने बानी यसरी गर्न सकिन्छ नियन्त्रण

एक देखि दुई वर्षसम्मका केटा-केटीहरुले आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारै-बिस्तारै सिक्छन् । पिसाव लागेको महुस हुनेबित्तिकै ठुलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफै गर्ने हुन्छन् । सुत्दा खेरी राति औछ्यानमा पिसाव फेर्ने बच्चामा धेरै हुन्छन् । युवाहरुमा पनि यो समस्या हुनसक्छ तर नगन्य मात्रामा । अंग्रेजीमा यसलाई बेड वेटीगं भनिन्छ भने चिकित्सा विज्ञानमा यस्ता बिरामीलाई एन्युरेसिसको नामले चिनिन्छ ।

के तपाई बोल्दा भक-भकाउनु हुन्छ ? यसो गर्नुस्

बालकको तोते बोलीले घरका सबै सदस्यलाई आफुतिर आकर्षित गर्दछ । हामी पनि उसगं तोतेबोली बोलेर आनन्दित हुन्छौं । तर, केटा-केटीको उमेरको बृद्धि सँगसगैं तोतेबोली वा भक्क भकाउने समस्या आफै समधान हुन्छ । तर, कतिपयमा यो समस्याको रुपमा जीवन भरी नै रहिरहन्छ । यो समस्याबाट पीडितलाई स्कुल, कलेज, सभा-सम्मेलन, समुदाय, आफिस, यात्रामा समेत हाँसी-मजाकको पात्र बन्न पुग्दछ ।