बिना थापा

मूर्तिकला नशाजस्तै

याङ्जाकोटमा छँदा स्कुले बेलामा बाबुराम बस्ताकोटी चराका चित्र कोर्थे । बिस्तारै बिस्तारै उनलाई चित्र बनाउनेसँगै मूर्ति बनाउन रुचि लाग्न थाल्यो । अहिले उनको सोख नै जीवन धान्ने पेसा बनेको छ ।

प्याराग्लाइडिङ टोलीलाई गृहनगरमा स्वागत

१८ औं एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई पदकविहीन हुनबाट जोगाउने प्याराग्लाइडिङ टोलीलाई मंगलबार पोखरामा भव्य स्वागत गरिएको छ ।

छिट्टै सकियो टुसा

निगालाका टुसा पश्चिम क्षेत्रका बासिन्दाले चिनेको वर्षाको स्वादिलो तरकारी मात्रै होइन, अन्य सहरमा पठाउनका लागि कोसेली पनि हो । बितेका वर्ष पोखराका बजारमा दसैंसम्म किन्न पाइने टुसाका मुठा यसपटक नपाइने भएको छ ।

बालश्रमिक बढे

पछिल्लो समय प्रदेश ४ को राजधानी पोखरा नगरभित्र बालश्रमिकको संख्या बढ्दै गएको छ । महानगरभित्रका वर्कसप, होटल, घरलगायत निर्माणको काममा थुप्रै बालबालिका लागेका छन् ।

बिना थापाका लेखहरु :

डुंगा खियाउँदै किशोरहरू

घर खर्च जुटाउन र अभिभावकलाई सघाउन सातामा दुई दिन डुंगा चलाउने किशोरहरूको संख्या फेवातालमा बढ्दै छ । विद्यालयमा अध्ययन गर्ने किशोरहरू शुक्रबार र शनिबार डुंगा खियाउनमा व्यस्त हुन थालेका हुन् ।

परिवार नियोजन गर्ने बढे

जिल्लामा परिवार नियोजन गर्ने महिला र पुरुषको संख्या बढेको छ । सजिलो विधि र सुलभ सेवासँगै जनचेतनाको स्तर वृद्धिका कारण यस्तो भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

सात महिनामा एक प्रतिशत मात्रै खर्च

मुलुककै ठूलो महानगर पोखरा–लेखनाथले जनप्रतिनिधिको नेतृत्व पाएको सात महिनामा एक प्रतिशत मात्रै खर्च गरेको छ । सडक मर्मत, कल्भर्ट, स्ल्याब, ह्युमपाइप र तारजाली लगाउनमै स्रोत र जनशक्ति बढी परिचालन भएको छ ।

खाल्डो पुर्नमै व्यस्त पोखरा महानगरपालिका

मुलुककै ठूलो महानगर पोखरा–लेखनाथले जनप्रतिनिधिको नेतृत्व पाएको सात महिना सडकका खाल्डाखुल्डी पुर्नमै बिताएको छ । सडक मर्मत, कल्भर्ट, स्ल्याब, ह्युमपाइप र तारजाली लगाउनमै स्रोत र जनशक्ति बढी परिचालन भएको छ ।