तस्बिर : इलिट जोशी

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

अन्न र सहकालका देवता भनिने रातो मस्त्येन्द्रनाथको रथयात्रा गर्ने क्रममा शुक्रबार महिलाले रथ तानेका छन् । रथ तान्ने काममा पुरुष मात्रै संलग्न हुँदै आएपनि परम्परा जोगाउँदै महिलाले रथ तानेका हुन् । महिलाहरुले शुक्रबार बिहान ६ बजे लगनखेलमा रथ तानेका हुन् ।

मिस नेपाल बनिन् अनुष्का

मिस नेपाल वर्ल्ड २०१९ काे उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा २४ सहभागीलाई उछिन्दै अनुष्काले मिस नेपाल वर्ल्डकाे उपाधि जितेकी हुन् । यस्तै मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मीरा कक्षपति र मिस नेपाल सुप्रनेसनल राेज लामा भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी बुधबार ल्हासाबाट काठमाडौँतर्फ फर्किएकी छन्।  बिहीबार नेपाल फर्कने तालिका रहेपनि भण्डारीले अस्वस्थ महसुश गरेपछि बुधबार नै फर्किएकी हुन् । उनी सिचुवान एयरलाइन्स मार्फत १० बजेर ७ मिनेटमा काठमाडौं विमानस्थल ओर्लिएकी थिइन् । 

यसरी भत्काइयाे खुलामञ्चका अवैध सटर (तस्बिरहरु)

चाैतर्फी विराेध पछि खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना डाेजर लगाएर भत्काएकाे छ । काठमाडाैं महानगरपालिकाले २०७१ मा खुलामञ्चकाे उत्तरतर्फकाे केही क्षेत्र साघुँर्‌याएर बसपार्क राख्न भाडामा दिएकाे थियाे । त्यस क्षेत्रमा केही सटर बनेर भाडामा दिइसकिएको छ भने केही बन्दै गरेका थिए । शनिबार दिउँसाे महानगरपालिकाले खुलामञ्चकाे बसपार्क क्षेत्रमा बनेका अवैध संरचना भत्काउने निर्णय गरेपछि दुईवटा डाेजर परिचालन गरेर भत्काउन सुरु गरेका हाे । डाेजर परिचालनसँगै काठमाडाैंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगर प्रमुख बिद्यासुन्दर शाक्य लगायत खुलामञ्च क्षेत्र पुगेका थिए ।

राष्ट्रपति चीन प्रस्थान [तस्बिरहरु]

राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबारबाट सुरु हुने राजकीय चीन भ्रमणको सरकारी टोलीमा ३४ र निजीतर्फ ९ सदस्य बेइजिङतर्फ प्रस्थान गरेकी छिन् । परराष्ट्रका अनुसार, राष्ट्रपति भण्डारी नेपाल वायुसेवाको विमानमा काठमाडौंबाट सियाङ हुँदै बेइजिङ पुग्नेछिन् ।

तस्बिर : इलिट जोशीका लेखहरु :

बालाजुको २२ धारामा मेला (तस्बिरहरु)

शुक्रबार चैत्र शुक्ल पुर्णिमाको अवसरमा बिहानैदेखि बालाजु २२ धारामा मेला लागेको छ । हरेक वर्ष जस्तै यसपटकको बालाजु बाइसधारामा मेला भर्नका लागि ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति रहेको छ ।

बुद्धकृष्णले सातौंपल्ट जिब्रो छेडाए [तस्बिरहरु]

मध्यपुरथिमि ८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पल्ट जिब्रो छेडाएका छन् । भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुरथिमि ८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप [तस्बिरहरु]

हिन्दू राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी र आन्दोलनकारीबीच पुतलीसडकको पद्मोदय मोड अगाडि केही बेर झडप समेत भएको थियो । प्रदर्शनमा राप्रपाका अध्यक्ष कमल थापा, दीपक बोहरा, बुद्धिमान तामाङ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

हुरीले बिचल्ली (तस्बिरहरु)

आइतबार रातिकाे शक्तिशाली हुरीले बारा र पर्सामा सयाै‌ं सर्वसाधारण घरबारविहीन बनेका छन् । हुरी प्रभावितलाई सबैभन्दा खान र बासको समस्या भएकाे छ । पीडितहरु भग्नावशेषमा ओत लाग्ने ठाउँ खाेजिरहेका छन् । कोही आफन्त छिमेकीका घरमा बसेका छन् । काेही खुला आकाशमूनि बस्न बाध्य छन् ।