३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

दुर्गालाल केसी

केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

दुर्गालाल केसीका लेखहरु :

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदालेस्थित बबई नदीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुबेर बबई-५ हापुरेका १६ वर्षीय दिपेश परियार र उनका दाजु १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

करेण्ट लागेर घोराहीमा एकको मृत्यु

करेन्ट लागेर घोराहीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केसी निर्वाचित

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बिनिल केसी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका केसी १५५० मत प्राप्त गरेर विजयी भएका हुन् । उनले एमाले, माओवादी केन्द्रलगायतको गठबन्धनका उम्मेदवार ललितजंग शाहलाई २१० मतान्तरले पराजित गरेका हुन् ।

उपक्षेत्रीयकै संरचनाका भरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

बजेट अभावले आवश्यक संरचना बनाउन नसक्दा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका योजना अन्योलमा परेका छन् । स्थापनाका सुरुआती वर्ष विवादैविवादमा फसेको प्रतिष्ठानले अहिले उपचारमा गुणात्मक सुधार गर्नुका साथै शैक्षिक कार्यक्रमसमेत सुरु गरेको छ । तर आवश्यक संरचना निर्माणका लागि बजेट नहुँदा योजना अन्योलमा परेका छन् ।

गुलमोहरले सजियो घोराही

दाङको घोराही उपमहानगरपालिका–१५ का सडक किनार यतिबेला गुलमोहर फूले सजिएका छन् । गुलमोहरका राता फूलहरूले जोकोहीलाई पनि लोभ्याउँछन् । फोटो खिच्नेहरूको भीड लागिरहन्छ ।

नौ बुँदे घोषणापत्र जारी गर्दै गुठीपीडित किसानको सम्मेलन सकियो

गुठीपिडित किसानहरुको दुई दिने राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार घोराहीमा सम्पन्न भएको छ ।