२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

माधव अर्याल

अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

माधव अर्यालका लेखहरु :

रुखबाट लडेर मृत्यु 

पाल्पाको रम्भा गाउँपालिका–५, ताहुँ ढाकरडाँडाकी ३१ वर्षीया मीनाकुमारी लामिछाने मगरको रुखबाट लडेर शुक्रबार मृत्यु भएको छ । 

पाल्पाको निस्दीमा जिप दुर्घटना [अपडेट] : दुई जनाको मृत्यु, १३ घाइते 

पाल्पाको निस्दीमा बुधबार बेलुका भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जिप निस्दी गाउँपालिका–४, मतियारडाँडा (बेलखर्क) स्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो । 

जीप दुर्घटना हुँदा १४ जना घाइते 

निस्दीमा भएको जीप दुर्घटनामा परी १४ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जीप निस्दी गाउँपालिका–४, मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटनामा भएको हो ।

लुम्बिनी प्रदेशका ११ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम 

लुम्बिनी प्रदेशका ११ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम सञ्चालन हुने भएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका–२०८० बमोजिम स्थानीय तहको प्रस्तावअनुसार कार्यक्रम स्वीकृत भएको कार्यालयका सचिव निराजन घिमिरेले जानकारी दिए । 

सिद्धार्थ राजमार्ग पाँच घण्टापछि पुन: सञ्चालन

शनिबार रातिको वर्षाले पहिरो खसेर अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्ड पाँच घण्टापछि पुन: सञ्चालनमा आएको छ । 

बिहाबारी बीस वर्षपारि [तस्बिर]

बालहित मावि सहलकोटकी कक्षा-८ की छात्रा भूमिका समाल मगर बालविवाहबारे सचेत छिन् । आफ्नै गाउँमा बालविवाह भइरहेकोप्रति चिन्तित उनी भन्छन्, 'समाजमा चेतनाको कमी भएरै बालविवाह नरोकिएको होला भन्ने लाग्छ ।' अघिल्लो वर्ष मात्र आफ्नै वडाबाट २० वर्ष मुनिका ८ जनाले विवाह गरेको उनलाई थाहा छ । 

पाल्पाको रिब्दीकोटमा विस्फोटक पदार्थ फेला

द्वन्द्वकालकै छाडिएको सकेटबम जस्तो देखिने बस्तु पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैदीकास्थित सोमर सामुदायिक वनमा भेटिएको छ । स्थानीयले कालिका मन्दिर परिसर सरसफाइ गर्ने क्रममा मन्दिरदेखि ५० मिटर टाढा लालीगुराँसको फेदमा विस्फोटक पदार्थ भेटिएको हो ।

तस्करीका गोरुसहित दुई ट्रक नियन्त्रणमा लिइ भन्सार पठाइयो

पाल्पाको रामपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय रामपुरले तस्करीको गोरुसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । रुपन्देहीको बुटवलदेखि पाल्पा हुँदै कालीगण्डकी करिडोर सडक (सिद्धार्थ राजमार्गको पिपलडाँडा–रामपुर–गैडाकोट) भएर तस्करी गरिएका गोरु इलाका प्रहरी कार्यालय रामपुरको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

रैनादेवीछहरा गाउँपालिकामा मोबाइल एप्सबाटै सेवा

सुशासन, पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले मोबाइल एप्सबाट सेवा प्रदान सुरु गरेको छ । गाउँपालिकाले प्रदान गर्ने सबै सेवा सुविधाहरुलाई अनलाइनमार्फत सेवाग्राहीले घर–घरमै पाउन मोबाइल एप्स सुरु गरेको अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिए ।