युग पाठक

अराजकताको दुई तिहाइ मोल

प्रधानमन्त्री ओलीले घरघरमा पाइपबाट ग्यास पुर्‍याइदिने गफ दिए । मान्छे गलल्ल हाँसे । डेढ वर्षपछि गोबरग्यास उद्घाटन गर्दै उनले घरघरमा ग्यास पुर्‍याउने काम सुरु भएको भाषण गरे । मान्छे झन् धेरै हाँसे । आखिर चुलोचुलोमा पाइपबाट पुर्‍याउने भनेको गोबरग्यास थियो कि पेट्रोलियम ग्यास ?

एक लज्जित पुरुषको बकपत्र

पुरूषवादी व्यवस्था रहेसम्म प्रत्येक नारीले पाएको एकएक यातनाको हिसाब पुरूषले दिनैपर्छ । पुरुष भएकै कारण लज्जित छु म । लज्जित हुनका लागि मसँग जति कारणहरू छन्, त्यति त लज्जित नहुनका लागि स्पष्टीकरणका बुँदा पनि छैनन् । पुरुष भएर जन्मेकैले लज्जित हुनु नपर्ने हो । तर नारी भएर जन्मेकैले पाइला–पाइलामा बलात्कार र हत्याको सिकार हुनुपर्ने कारण के छ ?

समृद्धिको रेल–दर्शन

सत्ताले शब्दको हुर्मत लिनुपर्‍यो भने त्यसको चरम दुरुपयोग गर्छ । यसका ताजा उदाहरण हुन्– सपना र समृद्धि । यी दुई शब्दको हुर्मत लिन विगत केही वर्षको नेपाली समय खर्च भैसकेको छ । कहिले नेपाललाई स्वीटजरल्यान्ड बनाउने सपना त कहिले सिंगापुर । कहिले स्वदेशकै माटोमा प्वाल खनेर पेट्रोल निकाल्ने त कहिले भूमिगत ग्यास झिकेर भान्छा–भान्छामा पाइपबाट पुर्‍याउने सपना । कहिले पानीजहाजको सपना त कहिले रेलको । सपना भनेकै फन्टुस गफ भनेजस्तो ।

समावेशी लोकतन्त्रमाथि इरेजर

‘माछो देखे दुलाभित्र हात, सर्प देखे दुलाबाहिर हात !’ यो उखान प्रधानमन्त्री केपी ओलीले कथेका होइनन् । तर यो उखानले कल्पना गरेको सटिक पात्र उनै हुन् । किनभने समावेशी गणतन्त्रको जुन जेट चलाउन उनी नियुक्त भएका छन्, त्यसमाथि उनको कहिल्यै विश्वास थिएन/छैन ।

भ्रष्टाचारको भाष्य र इमानजमानको खोजी

भ्रष्टाचार नेपालजस्ता गरिब मुलुकहरूको मात्र दु:ख हो ? भ्रष्टाचारको भाष्यलाई कसले परिभाषित गरिरहेको छ ? भ्रष्टाचारमुक्त दुनियाँ सम्भव छ ? कस्ता ऐतिहासिक, सामाजिक, आर्थिक र राजनीतिक वा नैतिक कारणले भ्रष्टाचार उमार्छन् र हुर्काउँछन् ? मानवीय मूल्य र इमानजमान भन्ने जिनिस के हो ? भ्रष्टाचारको उपचार के हुन सक्छ ?

युग पाठकका लेखहरु :

राष्ट्रवादको लेफ्ट–राइट मार्च

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनै बाँकी छ, तर उनको भ्रमण तालिकाको तरंग भने यत्रतत्र छाइसक्यो । हिन्दु अतिवादका नायक मानिएका मोदी जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथमा पूजा गर्न जाँदैछन् । उनलाई साथ दिन प्रधानमन्त्री केपी ओलीले पनि कुशको औंठी लाउनेछन् ।

सैद्धान्तिक संकटमा वाम गठबन्धन

चुनाव जित्नासाथ एमाले अध्यक्ष केपी शर्मा ओली दलबलसहित रसुवागढी नाका पुगेका थिए । त्यो हेलिकप्टर सयरमा देखिएको ओलीको राजनीतिक भावभंगिमाले दुइटा अर्थ बोकेको थियो । एक, प्रधानमन्त्रीको सिंहासन अब निसन्देह उनको भइसकेको छ ।

चुनावमा छेलिएका मुद्दा

उल्लास र त्रासको बीचबाट निर्वाचन सम्पन्न भयो । अबका केही दिन जित्नेको हर्षबढाइँ र हार्नेको विस्मातका बीचबाट मुलुकको राजनीति अघि बढ्ने अनुमान गर्न कठिन छैन । चुनाव हुनुलाई नै संविधान कार्यान्वयन र राजनीतिक संक्रमणको अन्त्य ठान्नेका लागि मुलुक अब निर्वाध आर्थिक समृद्धिको बाटोमा लाग्नेछ ।

अफ्रिकी पुनर्जागरणको बेर्ना

प्रशान्त महासागरलाई छोयो–छोयोझैं गर्दै विमान डकार विमानस्थलमा ओर्लियो । अफ्रिका महादेशमै पहिलोचोटि पाइला टेक्न लागेको, पाइला नै मानौं भिन्नै छापमा टेकिने हो कि जस्तो लाग्ने । आखिर जमिन त जमिन नै हो, मान्छेले रचेको इतिहास र जीवनको नि:श्वास न हो भिन्न हुने ।

इतिहासका विपरीत धार : महेशचन्द्र रेग्मी

इतिहासका पुराना भाष्यमाथि प्रश्न उठेपछि हिजोआज चलेको एउटा रैथाने प्रतिप्रश्न छ— पुराना चिहान खोतलेर के पाइन्छ ? यो प्रतिप्रश्नले पुराना कागजपत्रको धूलोमा पुरिंदै नेपालको आर्थिक इतिहास उत्खनन् गरिरहेका महेशचन्द्र रेग्मीको घुर्मैलो आकृति सम्झाउँछ ।