२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

विमल खतिवडा

खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

विमल खतिवडाका लेखहरु :

‘डिजिटलाइजेसन’ र कृषिमा लगानी दशक घोषणा

सरकारले ‘राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै ‘डिजिटलाइजेसन र कृषिमा लगानी दशक’ घोषणा गरेको छ । 

चियाबारी–खुर्कोट सुरुङ निर्माण छिटो अघि बढाउन माग

केही दिनअघि सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष खुर्कोट, मुल्कोट, चियाबारी, फेदीलगायत भेगका स्थानीयले सुरुङ निर्माणको काम छिटो अघि बढाउन माग गरे । उनीहरूले चियाबारी–खुर्कोट (बारा) सुरुङ निर्माण गर्ने चर्चा भए पनि थप काम नभएको भन्दै त्यसलाई यथाशक्य अघि बढाउनुपर्ने अडान लिए ।

चक्रपथ दोस्रो खण्ड विस्तारमा अलमल कहिलेसम्म ?

चक्रपथ दोस्रो खण्ड विस्तार गर्ने चर्चा भएको ६ वर्षभन्दा बढी भयो । तर अहिलेसम्म विस्तारको कामले गति लिन सकेको छैन । चीनले पूर्वतयारीको काम सकेपछि आउने जनाए पनि काम सकियो, टोली आएको छैन ।

सुनकोशी–मरिण डाइभर्सन सुरुङ : २२ महिनाको लक्ष्य, १९ महिनामा छिचोलियो

सुनकोशी–मरिण डाइभर्सनको सुरुङ १९ महिनामा बुधबार छिचोलिएको छ । कुल १३.३ किमिको सुरुङ खन्न २२ महिनाको लक्ष्य लिएकामा समयअगावै काम सकिएको हो ।

छिचोलियो सुनकोशी-मरिण डाइभर्सन सुरुङ

सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार छिचोलिएको (ब्रेक थ्रु गरिएको) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो ।

राष्ट्रिय सडक सञ्जालमा जोडियो सिमकोट

नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गत हुम्लाको लालीबगर–दुल्लीकुना खण्डको छारे भीरमा ट्र्याक खोलेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यो काम सेनाले गत चैतमै सके पनि अहिले सडक चौडा पार्ने र ग्रेड मिलाउने काम गरिरहेको छ ।

उद्घाटन गरेको ३ वर्षमा पनि बनेन धरहरा

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैशाखमै तामझामका साथ उद्घाटन गरेको धरहराको निर्माण अहिलेसम्म पूरा भएको छैन । ०७२ वैशाखको भूकम्पले धरहरा भत्किएर नयाँ बनाई उद्घाटन गरिसकेको ३ वर्षसम्म पनि बाँकी काम सम्पन्न नहुँदा सञ्चालनमा आउन सकेको छैन । ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत मात्र थियो ।

पाँच वर्षदेखि टोखा–छहरे सुरुङमार्गको थप अध्ययन अघि बढेन

सरकारले चालु आर्थिक वर्षको बजेटमा काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माण गर्ने उल्लेख गरेको भए पनि अहिलेसम्म केही काम अघि बढ्न सकेको छैन । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउने भन्दै चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अन्धकारमा सडक पूर्वाधार

६ वर्ष भयो, नारायणगढ–बुटवल खण्डमा सडक भत्काएर अस्तव्यस्त बनाइएको । १ सय १३ किमि लामो यो सडकको दाउन्ने खण्ड (१४ किमि) को हालत यस्तो छ कि, धूलो उडेर आसपासमै पनि केही देखिँदैन । दुर्घटना नभएको दिन हुँदैन । अव्यवस्थित रूपमा भइरहेको सडक निर्माणले यात्रु सास्ती खेप्न बाध्य छन् । 

नेपाल-भारत अन्तरदेशीय रेलमार्ग निर्माणले लिएन गति

नेपाल–भारत सीमानाकामा अन्तरदेशीय रेलमार्ग निर्माणको कामले अझै गति लिन सकेको छैन । दुई देशबीच समझदारी भएको १४ वर्ष पुग्दा पनि तीन वटा नाकामा काम नै सुरु भएको छैन । निर्माण जारी रहेका नाकाहरूको काम पूरा हुन सकेको छैन । तीन वटा नाकामा विस्तृत अध्ययनको कामसमेत अघि बढाइएको छैन ।