२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

दामोदर न्यौपाने

दामोदर न्यौपानेका लेखहरु :

बागमतीका बेरंगी तीर्थहरू

मठमन्दिर, गुम्बाजस्ता मूर्त सांस्कृतिक सम्पदा जीवन्त हुन त्यहाँ सांस्कृतिक क्रियाकलाप हुनैपर्छ । नेपालका सम्पदा जीवन्त छन् भन्ने चर्चा विश्वमै हुन्छ । किनभने यहाँका मूर्त सम्पदामा सांस्कृतिक क्रियाकलाप हुन्छन् नै । मूर्त सांस्कृतिक सम्पदाको प्राण हो– अमूर्त सांस्कृतिक सम्पदा । सांस्कृतिक क्रियाकलाप नहुने सम्पदालाई प्राण नभएका सम्पदाको श्रेणीमा राखिन्छ । अहिले केही सम्पदामा सांस्कृतिक क्रियाकलाप हुन छाडेका छन् । तीमध्येका हुन् बागमती नदी किनाराका १ सय ६५ तीर्थ । ने मुनिले सुरु गरेको मानिने ‘बागमती–यात्रा’ नचल्दा त्यस यात्राका तीर्थहरू प्राणविहीन छन् ।

हनुमानढोकामा तैनाथ पृथ्वीनारायणका सेना

काठमाडौं उपत्यकाका मुख्य जात्राहरूमा कालो पोसाकमा सजिएका झाँकी देखिन्छन् । ती अघिअघि बाजा बजाउँदै हिँडेका हुन्छन् र पछाडि भरुवा बन्दुक बोकेर मार्चपास गरिरहेका । यो झाँकी नेपाली सेनाको हो । यही सेनाले बढाइँ गरेपछि जात्रा सुरु हुन्छ यहाँ । जात्रा अन्त्य पनि यही सेनाले बढाइँ गरेपछि मात्रै हुन्छ ।

कोथुननी जोगाउन अभियान

असनस्थित ५ सय वर्ष पुरानो कोथुननी जोगाउन सम्पदा संरक्षण अभियानकर्मी र स्थानीय आन्दोलनमा उत्रिएका छन् । अशोकवृक्ष विहारसमेत रहेको कथोननी भत्काएर गुठी संस्थानले व्यापारिक भवन बनाउन लागेपछि स्थानीयले विरोध गरेका हुन् । विरोधकै कारण चार वर्षदेखि यो ठाउँमा विवाद कायम छ ।

जात्रा हाँक्दै नयाँ पुस्ता

सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई गत बुधबार तीनधारा पाठशालाबाट रथमा राखेर शनिबार लगनटोल पुर्‍याइरहँदा यस पटकको रथयात्रा विशेष रह्यो । लामो इतिहास बोकेको रथयात्राको घमाः उर्फ स्टेरिङमा यसपालि युवापुस्ता देखिए । 

ब्युँताइँदै ललितपुर महानगरका पर्व र जात्रा

महालक्ष्मीको खट यात्रा हराएको ३४ वर्षपछि यो वर्ष सुरु हुँदै छ । ललितपुर महानगरपालिका वडा नं. ५ मा पर्ने देवी महालक्ष्मीको खट यात्रा टोलवासी मिलेर ब्युँताउन लागेका हुन् । यो पर्व सञ्चालन गर्न कायगुननी मंकाः खलः संगठित रूपमा लागेको छ ।

पशुपतिनाथको भेटीमा आँखा

पशुपतिनाथ मन्दिर परिसरमा राखिएको भेटी राख्ने घ्याम्पो केही दिनअघि चोरी भयो । दिउँसो दुई बजेर ३० मिनेटमा बाक्लो सुरक्षाकर्मीको बीचबाटै घ्याम्पो चोरिएको थियो । हराएको झन्डै दुई घण्टापछि फेरि घ्याम्पो ल्याएर त्यहीं राखियो । सुरक्षाका लागि तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र पशुपति क्षेत्र विकास कोषका सुरक्षागार्डले समेत चोरीको यो घटना थाहा पाएनन् । गत माघ १४ गते भएको यो घटनाको छानबिन गर्न समिति नै बन्यो । कोषका सदस्य देवी बरालको संयोजकत्वमा बनेको छानबिन समितिले प्रतिवेदनसमेत बुझाइसकेको छ ।

जयवागेश्वरी मुख्य पुजारीविहीन

पशुपति क्षेत्रको मुख्य शक्तिपीठमध्येको जयवागेश्वरी मन्दिर ८ वर्षदेखि मुख्य पुजारीविहीन छ । मुख्य पुजारी मृत्युञ्जय कर्माचार्यको उमेर हदका कारण पशुपति क्षेत्र विकास कोषले अवकाश दिएयता मन्दिरमा मुख्य पुजारी नियुक्त भएका छैनन् ।

चतुर्मुख ब्रह्मा मूर्ति मन्दिरमा राखिने

लिच्छविकालीन ब्रह्मामूर्ति अब मन्दिरमा राखिने भएको छ । पशुपति क्षेत्रको करेटोलमा रहेको ब्रह्म मन्दिरको जीर्णोद्धार गरेर मूर्ति प्रतिस्थापन गर्न लागिएको हो । उपभोक्ता समितिमार्फत मन्दिर जीर्णोद्धार गर्न काठमाडौं महानगरपालिकाले बजेट छुट्याएको छ । 

पशुपतिनाथमा महाशिवरात्रि चहलपहल

महाशिवरात्रिका लागि पशुपति क्षेत्र सिँगारेर भकिझकाउ बनाइएको छ । रंगरोगन गरिनुका साथै बत्ती र फूलले सिँगारिएको छ । साधुसन्त आउने क्रम सुरु भएको छ ।

सात वर्षपछि खुल्यो जयबागेश्वरी

पशुपति क्षेत्रको मुख्य शक्तिपीठ जयबागेश्वरी मन्दिर ७ वर्षपछि सर्वसाधारणका लागि खुला भएको छ । २०७२ सालको भुइँचालोले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण सकिएपछि मन्दिर खुला भएको हो ।