२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

होम कार्की

दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् ।

होम कार्कीका लेखहरु :

रुसी सेनामा भएका नेपालीका आफन्त ११ दिनदेखि अनशनमा

रुसी सेनामा भर्ती भएका नेपालीको उद्धारको माग राखी उनीहरूका आफन्त ११ दिनदेखि अनशनरत छन् । उनीहरूले सोमबार करारपत्र रद्दसहित १३ बुँदे माग राखेर रुसी दूतावास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले रुसी सेनामा  आबद्ध नेपालीको जीवन रक्षा अभियानकी संयोजक कृतु भण्डारी, रुकुमकी सिरानी घर्ती मगर, उषा खत्री, रोजी पुन, देवेन्द्र भट्ट र मोहन भट्टलाई पक्राउ गरेको थियो । उनीहरूलाई साँझ छाडिएको प्रहरीले जनाएको छ ।

मलेसियन रोजगारदाताद्वारा एसओएस म्यानपावरमाथि छानबिन

मलेसियाको रोजगारदाता कम्पनी ‘केएल–केपङ रवर प्रोडक्ट्स’ले कामदारसँग शुल्क उठाएको भन्दै विवादमा परेको एसओएस म्यानपावर सर्भिसेस् प्रालिमाथि छानबिन थालेको छ । रोजगारदाता कम्पनीले छानबिन नसकिएसम्म नेपालबाट कामदार लैजान रोक्नुको साथै रकम तिरेर आएको भेटिएमा कामदारलाई भर्ना शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ ।

सिरानीलाई माइतमानको पीर 

सिरानी घर्ती मगरलाई माइतमानले पैसा खोज्ने छोटो समय दिए । नेपाली सेनामा १८ वर्ष अवधि कटाएपछि राजीनामा दिई कामविहीन बनेका माइतमान ८ महिनादेखि काठमाडौंमा वैदेशिक रोजगारीको बाटो खोजिरहेका थिए । ‘कात्तिक ६ गते मेरो उडान छ । भिसा आइसक्यो । १२ लाख रुपैयाँ लाग्ने भयो । ५ गतेभित्र पैसा बुझाइसक्नुपर्छ,’ सिरानीलाई माइतमानले फोनमा भने, ‘तुरुन्तै पैसा खोजेर पठाइदिनु ।’ यो थियो २०८० कात्तिकको कुरा । 

कतारको अल जावर पार्टनर्स कम्पनीमा १५ सय कामदार तलबविहीन

कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।

नेपाल–कतारबीच २ सम्झौता, ६ समझदारी

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार फर्किएका छन् । अल थानीको भ्रमणका दौरान बुधबार दुई देशबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । कतारका अमिर र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच दुई पक्षीय भेटवार्तापछि ६ क्षेत्रमा सहकार्य गर्ने समझदारी र २ क्षेत्रमा सम्झौता भएको हो । 

राष्ट्रपति पौडेलले कतारका अमिरलाई भने– ‘विपिनको रिहाइका लागि पहल गरिदिनुस्’

राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

कतारी अमिर : कान्छा युवराजदेखि प्रभावशाली शासकसम्म

‘म शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गर्छु,’ २५ जुन २०१३ मा राष्ट्रिय टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै कतारका तत्कालीन अमिर हमाद बिन खालिफा अल थानीले भनेका थिए, ‘मैले युवा नेतृत्वका लागि बाटो खोल्ने निर्णय लिएको छु ।

कतारका अमिर आज आउँदै

नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ । 

भोलि नेपाल आउँदै कतारी राजा

राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ ।