२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

काशीराम डाँगी

काशीराम डाँगीका लेखहरु :

रोल्पा र दाङको सीमाना कुर्जामा प्रहरी चौकी स्थापना

रोल्पाको दक्षिणी भेगको रुन्टीगढी गाउँपालिकाको झेनाम र दाङको तुलसीपुर उपमहाननगरको सीमामा पर्ने रोल्पाको कुर्जा गाउँमा प्रहरी चौकी स्थापना गरिएको छ । पहिलोपटक चौकी स्थापना भएपछि दुवै जिल्लाको सुरक्षामा सकारात्मक प्रभाव पर्ने ठानिएको छ । 

माडीखोलामा मृत भेटिएका युवाको पहिचान खुल्यो

रोल्पा नगरपालिका–२, ६ र ७ वडाको सीमानामा पर्ने माडीखोला पुलको छेउमा शनिबार विहान मृत अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । प्रहरीका अनुसार उक्त शव रोल्पा नगरपालिका–४ का १८ वर्षीय भुवन कँवरको हो ।

गर्भ खेर गएपछि रक्तश्राव नरोकिएकी महिलाको हेलिकप्टरबाट उद्धार

गर्भ खेर गएपछि रक्तश्राव नरोकिएका कारण रोल्पा अस्तालमा भर्ना भएकी एक महिलालाई थप उपचारका लागि सोमबार रोल्पाबाट हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । आइतबार राति अति रक्तश्रावका कारण बिरामी भएर भर्ना भएकी रोल्पा नगरपालिका–४ की ३० वर्षीया पद्‌मा सेनलाई राष्ट्रपति पहिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट उद्दार गरिएको हो । 

जीर्ण कारागारमा कोचाकोच

जीर्ण अवस्थाको रोल्पा कारागारमा कैदीबन्दीलाई कोचाकोच अवस्थामा राखिएको छ । पुरानो र भौतिक अवस्थाले निकै कमजोर लिबाङस्थित जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी छन् । महिला र पुरुष गरी ५० जना राख्न मिल्ने कारागारमा १ सय २३ जनालाई राखिएको छ । 

अपांगताले छेकेन मिहिनेती बन्न

लिबाङका ४२ वर्षीय भक्तिराम रिजाल ६ कक्षा पढ्दा रुखबाट खसेर खुट्टामा समस्या भयो । एउटा खुट्टा बांगो हुँदा सजिलो गरी हिँड्न सक्दैनन् । त्यसैबेलादेखि उनले अपांगता भोगिरहेका उनी दैनिक मेहनत गरेर आम्दानी गर्ने कुरामा कसैभन्दा कम छैनन् । 

व्यवहारिक ज्ञान सिकाउँदै दुर्गमका सामुदायिक विद्यालय

पश्चिमी गाउँ जिनाबाङको एउटा कुनामा छ, सिद्धार्थ नमुना माध्यमिक विद्यालय । विकासका दृष्टिकोणले अति दुर्गममा रहेको उक्त विद्यालयमा शैक्षिक गतिविधि भने लोभलाग्दो बनेको छ । यहाँ नियमित रुपमा नयाँ तरिका र उपायबाट विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्ने गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढ्नुका साथसाथै अन्य कार्यप्रति ध्यानमग्न बनाइन्छ ।

रोल्पा अस्पतालमा फिजियोथेरापी सेवा दुई वर्षदेखि बन्द, निमित्तका भरमा अस्पताल

रोल्पा अस्पतालमा दुई वर्षदेखि फिजियोथेरापी सेवा बन्द छ । फिजियोथेरापी गर्ने कर्मचारी अभावमा यो सेवा बन्द भएको हो । यो सेवा नहुँदा नियमित रुपमा थेरापी सेवा पाउनुपर्ने बिरामी प्रभावित भएका छन् । 

रोल्पा एमालेको अध्यक्षमा अमृतबहादुर बुढामगर विजयी

नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृतबहादुर बुढामगर विजयी भएका छन् । फागुन २९ र ३० मा सदरमुकाम लिबाङमा सम्पन्न एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी अध्यक्षका अर्का प्रतिस्पर्धी घनश्याम आचार्यलाई ८३ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । 

निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार लाभान्वित 

सदरमुकाम लिबाङस्थित रोल्पा अस्पतालमा दुई दिनसम्म संचालित विशेषज्ञ स्वास्थ्य शिविरबाट करिब २ हजारले सेवा पाएका छन् । रोल्पास्थित सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजना, रोल्पा अस्पतालको सहआयोजना र काठमाडौंस्थित काठमाडौं मेडिकल कजेलको प्राविधिक सहयोगमा फागुन २० र २१ मा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।