कृष्ण खनाल

विश्वविद्यालयको अस्मिता र ओलीराज

संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न नदिएर प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार लगियो भन्ने समाचार सुन्दा मलाई १३ वर्षअघि ज्ञानेन्द्रराजको सम्झनाले झस्कायो । त्यतिखेर म मेरा गुरु प्रा. लोकराज बरालसहित भारतमा हुनलागेको एउटा प्राज्ञिक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन गइरहेको थिएँ ।

कम्युनिस्ट पार्टीको नयाँ प्रयोग

याँ संविधान अनुसारको चुनाव लगत्तै नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा संसदीय अभ्यासको एउटा नयाँ राजनीतिक प्रयोग पनि प्रारम्भ भएको छ । खासगरी गतसाता नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर एउटै कम्युनिस्ट पार्टी गठन गरेपछि राजनीति कम्युनिस्टमय हुनु स्वाभाविकै हो ।

समय ओलीको, कुर्ने पालो कांग्रेसको

अहिलेको नेपालको राजनीतिमा तीनवटा प्रमुख हेड लाइन छन्— ओलीको छुमन्तर समृद्धि, प्रचण्डको एकता नारा र कांग्रेसको रुञ्चे बैठक । राजनीति यसबाट हत्तपत्त विषयान्तर होला जस्तो देखिन्न । रोगबाट मुक्ति पाएका ओलीको ज्यान चेत उज्यालिएको छ, समृद्धिको मख्ख पार्ने चुट्किला गफ छन् । चिन्तन रुखो छ ।

साहित्यमा राष्ट्रियता विमर्श

बाह्र वर्ष पूरा भएछ, २०६२/६३ आन्दोलन सम्पन्न भएको । नेपाली समाज, राष्ट्र र राज्यलाई तलैदेखि धेरै हल्लाएको आन्दोलन हो यो । शताव्दीयौंदेखि स्थापित मिथकहरूलाई प्रश्नको कठघरामा उभ्याएको थियो । ‘राजा बिनाको पनि देश हुन्छ र ?’ भन्ने कतिपय सनातनी मान्यतालाई भत्काएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भयो, त्यो आन्दोलन ।

नयाँ सरकार : चुनावी वाचा र चुनौती

परिणाम घोषणामा निर्वाचन आयोगले गरेको लामो अलमल र सुस्तीपछि चुनावी जनादेशअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका छन् । नियुक्तिसँगै मानिसका अपेक्षा र सरकारको चुनौतीबारे पनि चर्चा हुन थालिसकेको छ । यो स्वाभाविक हो ।

कृष्ण खनालका लेखहरु :

राष्ट्रिय सभा चुनाव, प्रतिनिधित्व र संघीयता

संघीयतामा प्रवेशको मुख्य द्वार मानिने प्रदेशसभाको अधिवेशन बोलाइएको छ, धमाधम बैठक बस्न थालेका छन् । प्रदेश–३ मा गत बिहीबारै सुरु भइसकेको छ । भोलि, पर्सिसम्म अरू प्रदेशका अधिवेशन पनि प्रारम्भ भइसक्नेछन् ।

प्रदेश राजधानीको रडाको

सरकारले गत साता प्रदेशहरूको अस्थायी राजधानी तोकेपछि त्यसविरुद्ध आन्दोलनका नाममा बन्द, हडताल, विरोध प्रदर्शनहरू भइराखेका छन् । केही ठाउँमा त्यसले तोडफोड, आगजनीजस्ता उग्रता पनि देखाउन थालेको छ ।

चुनावपछिको कांग्रेस

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेसले पराजय भोगेपछि केही रोलवाला नेताले भन्दै थिए, ‘लौ न बर्बाद भो, लोकतन्त्र नै धरापमा पर्ने भो ।’ यस्ता पिलन्धरे चिन्ता म २०५१ को मध्यावधि र २०६४ सालमा भएको संविधानसभाको चुनाव परिणामपछि पनि सुन्ने गर्थें ।

चुनावपछि अलमलिएको राजनीति 

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सकियो । मतगणना पनि सकियो । परिणाम थाहा भइसकेको छ, एमाले–नेतृत्वको वाम गठबन्धनले भारी विजय पायो । यतिखेर मुलुकले नयाँ सरकार पाइसक्ने अवस्था बन्न सक्थ्यो तर किन अलमल भइरहेछ ।

मतदाताको रोजाइ, प्राथमिकता र सन्देश

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्षतर्फको अहिलेसम्मको निर्वाचन परिणाम हेर्दा वाम गठबन्धनका रूपमा चर्चित नेकपा (एमाले) र नेकपा (माओवादीकेन्द्र) को संयुक्त गठबन्धन प्रदेश–२ बाहेक सबै प्रदेश र संघीय संसद्मा सुविधाजनक बहुमततर्फ लम्केको छ ।