झमक घिमिरे

बौद्धिकताको विलास

चैत ३ गते सिर्जना दिवस परेको थियो । नेपाली साहित्य स्रष्टाका लागि विशेष महत्त्वपूर्ण दिन । यसको न कतै साहित्यसर्जकहरूले चर्चा गर्न भ्याए, न तिनका नाममा खुलेका साहित्य, कला, संस्कृतिका संघ/संस्थाले गर्न भ्याए । गत महिना नेपाली साहित्यका दुई मूर्धन्य व्यक्तित्वलाई गुमाउनुपर्‍यो, मोहनराज शर्मा र बालकृष्ण पोख्रेल ।

असल संस्कार, असल नागरिक

हाम्रो संस्कारगत सोच चिन्तनमा छोरीले कमाएको, गरेको आर्जनमा बाबुआमा बाँच्न हुँदैन, अर्को जुनीमा त्यो भार तिर्नुपर्छ अर्थात् चुक्ता गर्नुपर्छ भन्ने परम्परागत सोच, चिन्तन बोकेका मानिसहरू अहिले पनि समाजमा धेरै भेटिन्छन् । आखिर उस्तै पीडा, उस्तै दर्द खेपेर हुर्काएका, बढाएका हुन्छन्, बाबुआमाले । उस्तै त्याग, समर्पण हुन्छ भने किन छोरीहरूको आर्जनमा बाँच्न नहुने बाबुआमाहरू ?

मानवता हराएको मान्छे

मेरो आँखामा नाचिरहेको छ एउटा दृश्य । टेलिभिजनको पर्दामा एउटा निर्दोष मानसिक असन्तुलित मानिसलाई बर्दीधारी प्रहरीले निर्मम कुटिरहेको छ । निर्ममसँग कुटिएको मानिस जोगिन यता र उता, घर–पसल भएतिर भाग्न खोजिरहेको थियो ।

निर्मलाको आत्मालाई शान्ति

उफ् ! कति निरीह छ, सरकार ? अपराधीलाई किन उचित छानबिन गरेर कठघरामा उभ्याउन सक्दैन ? किन अपराधीलाई सजाय दिन सक्दैन ? हाम्रो सुरक्षामा खटिने प्रहरी प्रशासनको पनि विश्वास घट्दो छ, जनतामा । कतिपय आपराधिक कर्ममा प्रहरी मुछिने गरेको छ ।

छोरीहरुको सुरक्षा

आँखा हुन् छोरीहरू तिनै आँखाबाट म संसार नियाल्ने गर्छु दुई बलिया पखेटा हुन् मेरा तिनकै बलमा म जगत्‌काे विचरण गर्छु ।

झमक घिमिरेका लेखहरु :

पराइ भूमिमा पसिना

गए साता युवाले औपचारिक, अनौपचारिक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाए । यस पंक्तिकार युवाका मनोभावना, इच्छा, आकांक्षा, दु:ख, सुख, पीडा, व्यथासँग नजिकैबाट परिचित छे । समृद्ध नेपालको नारा निकै जोडतोडले घन्किरहेको छ ।

जीवन काम लाग्ने बनाऔं

यहाँ आफ्नैलागि बाँच्ने र हाँस्नेहरू धेरै छन् । हुन त मान्छेको जातै आफ्नोलागि मात्र सोच्छ र आफ्नै सुखसुविधामा रमाउँछ । संसारमा धेरै मान्छेमात्र यस्ता हुन्छन्, जो अरूको निश्चल हाँसोमा रमाउँछन् । अरूको खुसीमा आफ्नै खुसी ठानेर रमाउँछन् ।

बाआमालाई रमाइलो वातावरण

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिनेछ, हाम्रो नेतृत्वको सरकार बन्यो भने भन्ने चुनावी एउटा एजेन्डाकै रूपमा अगाडि सारेका थिए । देशका ज्येष्ठ नागरिकहरू निकै उत्साहित बनेर खुसी हुँदै चुनावमा सहभागी भएका थिए । उनीहरूको उत्साह र खुसी हेर्दा गज्जबकै थियो ।

चिकित्सकहरूलाई मनोरञ्जन

मान्छे जुनसुकै पेसा–व्यवसायमा लागेको होस् या जुनसुकै क्षेत्रमा लागेर काम गरोस् । उसलाई मनको एक कुनामा रमाउने, हाँस्ने इच्छा रहिरहन्छ । मेडिकल डाक्टरहरू हरदम बिरामीको सेवामा खटिरहनुपर्ने अवस्थाबाट एकछिन भए पनि उन्मुक्ति लिएर मानवीय अनेक गुण र क्षेत्रका मान्छेसँग घुलमिल हुन, रमाउन चाहन्छन् ।

ज्युँदो बुद्धलाई जगाउने कि ?

सन्दर्भ यही साताको बुद्ध जयन्तीको छ । विश्वभर मानिसले बुद्धलाई शान्तिका प्रतीकका रूपमा हेर्छन् । उनीप्रति श्रद्धा गर्छन्, आस्था राख्छन् । बुद्धले चुनेको मार्ग अहिले पनि सान्दर्भिक छ । बुद्ध आफैंमा दार्शनिक हुन्, आफ्नो समयका । बौद्ध एउटा धर्म नभएर दर्शन हो । यो जुनसुकै जाति सम्प्रदायले अवलम्बन गर्न सक्छ । आफ्नो जीवनमा जोड्न सक्छ ।