हरिराम उप्रेती

विप्लवका जिल्ला इन्चार्ज सहित तीन पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल सहित तीन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुदान लिन आनाकानी

दुई लाखले जग्गा खरिद गर्न नपुग्ने भन्दै यहाँका भूमिहीन भूकम्पपीडित सरकारले जग्गा खरिदका लागि दिएको अनुदान रकम लिन आनाकानी गरिरहेका छन् । उनीहरूलाई वर्षौंदेखि बस्दै आएको ठाउँ छाड्दा रोजीरोटी गुम्ला कि भन्ने चिन्ता छ ।

लाप्राकमा एकिकृत बस्ती निर्माण कार्यको ५२ प्रतिशत काम सकियो

धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुब्सीपाखामा निर्माणाधिन एकिकृत बस्ती निर्माणको ५२ प्रतिशत काम सकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्टोबर महिना भित्रै बस्ती निर्माण सक्ने लक्ष्य राखे पनि भौगोलिक विकटता, मौसम, सडकको अवस्थाका कारण हस्तान्तरणको मिति सरेको हो ।

नापी र मालपोत सहयोगीका भरमा

सेवाग्राही सिर्दिवासको कार्यालय जान्छन् । जिम्मेवार कर्मचारी कहिल्यै भेटिँदैनन् । चुमनुव्री गाउँपालिका ३ सिर्दिवासमा रहेका नापी र मालपोत कार्यालयमा कर्मचारी नबस्दा सेवाग्राही हैरान छन् । 

हरिराम उप्रेतीका लेखहरु :

विवाद सुल्झाउन टीका

सामान्यत: कुनै विवाद वा झमेला सुल्झाउन पहिले सम्बन्धित निकायमा निवेदन दिने गरिन्छ । गोरखाको एउटा दुर्गम गाउँमा परम्परादेखि भिन्न प्रचलन छ । गाउँस्तरको विवाद सुल्झाउन ‘टीका’ दिने चलन छ । टीकामा खादा, गच्छेअनुसार पैसा र एक बोत्तल रक्सी हुन्छ । 

मनास्लुमा खचाखच पर्यटक

मनास्लु संरक्षण क्षेत्र (एमक्याप) अन्तर्गतको जगतस्थित पर्यटक जाँच चौकीमा गत बुधबार एकै दिन १ सय ६३ पर्यटकको तथ्यांक संकलन गर्‍यो । निषेधित क्षेत्रका रूपमा रहेको मनास्लुलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको थियो ।

सिर्दिबासमा नाम मात्रको भन्सार

छिमेकी मुलुक चीनसँग हुने कारोबारको राजस्व संकलनका लागि चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा भन्सार कार्यालय छ । वर्षौंअघि स्थापना गरिएको लार्के भन्सार कार्यालय डेढ दशकयता निष्क्रिय छ ।

मर्मत पर्खँदै क्यान्टिलिभर पुल 

सडक सञ्जालले नछोएको चुमनुव्री गाउँपालिका–६ चुम्चेतको सर्दिभीरमा क्यान्टिलिभर पुल छ । भीरमा खोजेर स्टीलका संरचनाबाट निर्मित पुल यतिबेला मर्मतको पर्खाइमा छ । 

‘अब विदेश जाँदै जान्नँ’

वैदेशिक रोजागारीको सिलसिलामा साउदी अरब पुगेका कुमार रानामगर जेल परेपछि उनका परिवारले एक वर्ष चिन्तामै बिताए । उनलाई नेपाल फर्काउन परिवार र आफन्तले निकै प्रयास गरे  ।