राष्ट्रिय जनगणना २०७८ले २० देखि २९ वर्षको उमेर समूहको जनसंख्या १७ दशमलव ९ प्रतिशत रहेको देखाएको छ। उत्पादनशील उमेर समूहमा रहेको यति ठूलो जनसंख्या पढाइ वा काम जेसुकै भिसामा होस् विदेश पलायन हुन चाहने र त्यसलाई समाज र घरपरिवारको मनोविज्ञानले समेत यसैगरी मलजल गरिरहने हो भने भविष्यमा हुनसक्ने अनेक सामाजिक सांस्कृतिक समस्यासँगै देखा पर्नसक्ने जनसांख्यिक असन्तुलनप्रति के सरकार जानकार छ?
२०६२ सालले बिदाईको हात हल्लाउँदै थियो । देश स्वतन्त्रताको आन्दोलनले रापिएको र तातिएको थियो । म बीबीएस प्रथम वर्षको परीक्षा सकेर दोस्रो वर्षको पढाई र कामको खोजीमा केही महिनादेखि काठमाडौंमा थिए । खासै राम्रो जागिर पाइरहेको थिइनँ ।
गत पुस ८ गते अछाम सदरमुकाम मंगलसेनबाट करिब १ सय किलोमिटरको दूरीमा रहेको जिल्लाको पूर्वी क्षेत्र तुर्माखाँद गाउँपालिकामा म रिर्पोटिङको सिलसिलामा पुगेकी थिएँ ।
‘मामु यो हजुरको लागि हो, अब ओढ्नुस् । आजदेखि हजुरले पनि रातो कपडा ओढ्न र लगाउन मिल्छ । ल यता फर्कनुस्, म अबिर पनि लाइदिन्छु ।’ १२ वर्षिय विवेक भट्टराईले यसो भनिरहँदा त्यो सार्वजनिक मञ्चमा सामाजिक कार्यकर्ता, शिक्षक, प्राध्यापक, धार्मिक गुरु, वकिल, राजनैतिक नेता–कार्यकर्ता, महिला समूह, किसान, व्यापारी, कवि, लेखक, कर्मचारी, विद्यार्थी, अभिभावक, पत्रकार र समुदायका अन्य प्रतिनिधिहरुको झण्डै पाँच हजारको उपस्थिति थियो ।
८६ औं जन्मदिनमा आत्माकृष्ण श्रेष्ठ केही व्यक्तिसँग अस्पतालमा देखिनुभयो । महाराजगन्जस्थित शिक्षण अस्पताल हातामा उभिएको उहाँको तस्बिर फेसबुकमा पोष्ट भएको थियो । तस्बिर हेर्दा लाग्यो, कतै ‘आत्मा दाइ’ विरामी त पर्नु भएन !
कुस्माबाट बन्जी गरेर फर्किँदा ‘हट एयर बलुन’ उडिरहेको देखेँ । बलुनभित्र छिनमै आगो बल्थ्यो । छिनमै निभ्थ्यो । आकाशमा बलुन देखेदेखि नै मनमा उत्साह र खुलदुली मच्चियो । पोखरा पुगेपछि बलुनमा बसेर पोखरा र आसपास हेर्नैपर्छ भन्ने लाग्यो । त्यसपछि निधो भयो- हट एयर बलुनको अनुभव बटुल्ने ।
नेपाली बृहत् शब्द कोषअनुसार ‘खत’ भन्नाले शरीरमा धारिलो हतियार वा वस्तुले चोटपटक लाग्छ, आगो वा तातोपानीले पोल्छ । यस्ता चोट वा पोल्दा बनेको घाउ कुनै चाँडो, कुनै ढिला वा कुनै शल्यक्रिया गरी लामो उपचारपछि निको हुन्छ । तर शरीरमा ‘खत’ रहिरन्छ । कुनै चोटका खत विस्तारै मेटिन्छ, गहिरो चोटले बनेका घाउका खत भने लामो समयसम्म वा जीवनभर पनि खत रहिरहन्छ ।
नेपालमा कानुनी रूपमा जातीय विभेद तथा छुवाछुत उन्मुलन भएको डेढ दशक पुग्यो । तर व्यवहारमा भने जातीय विभेद कायमै छ । कृषि व्यवसायमा विद्यमान जातिय विभेद कृषि कर्ममा दलितहरूको सहभागिता र आर्थिक सशक्तिकरणको साथै राज्यको समावेशी आर्थिक विकासमा बाधक बनेको छ ।