कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले वृद्धि

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई हजार रुपैयाँले वृद्धि भएको छ । 

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै बुधबार एक लाख ३३ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार छ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : वैशाख २०, २०८१ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?