कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एक अर्बको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिदै  

काठमाडौँ — सार्वजनिक ऋण उठाउने प्रयोजनका लागि सरकारले एक अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न लागेको छ । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गरेको छ ।

एक अर्बको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिदै  

‘वैदेशिक रोजगार बचतपत्र २०८६’ नाम दिइएको उक्त बचतपत्रको परिपक्को अवधिमा पाँच वर्षको छ ।

वार्षिक ब्याजदर ९ प्रतिशत रहेको उक्त बचतपत्रमा अर्धवार्षिक रुपमा ब्याज पाइनेछ । यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजागारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवाशीय नेपाली नागरिकले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा,छारी मात्र) को नाममा खरिद गर्न सकिने सूचनामा उल्लेख छ ।

यो बचतपत्र ०८१ वैशाख २३ देखि जेठ २२ गतेसम्म खरिद गर्न सकिनेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने, जुनसुकै समयमा दोस्रो बजारमार्फत खरिद बिक्री गर्न सकिन्छ ।

बचतपत्र घटीमा १० हजार र बढीमा १० हजारले माग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न सकिनेछ ।

प्रकाशित : वैशाख २२, २०८१ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?