२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

भारतले गण्डक नहरमा पानी बन्द गर्दा विद्युत् उत्पादन ठप्प

नवीन पौडेल

परासी — भारतले गण्डक नहरमा पानी बन्द गरेपछि पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको छ ।नहर सरसफाई र मर्मतका लागि भन्दै कार्तिक र चैतमा पानी बन्द गर्ने नियमित प्रक्रिया भएपनि यस वर्षबिना जानकारी नहरमा भारतीय पक्षले पानी बन्द गरेको हो ।   

भारतले गण्डक नहरमा पानी बन्द गर्दा विद्युत् उत्पादन ठप्प

नहरमा पानी बन्द गर्ने र खोल्ने काम भारतीय पक्षले गर्दै आएको छ । नहरमा पानी बन्द हुनुपूर्व सूचना पाउँदा विद्युत् केन्द्रको आवश्यक मर्मत र प्राविधिक काम गर्ने गरेकोमा यसवर्ष जानकारीबिना नै पानी बन्द गरेपछि मर्मत पनि हुन नसकेको र विद्युत पनि् उत्पादन ठप्प भएको गण्डक जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताए ।

चैत १३ गते बाट नहरमा पानी बन्द भएको छ । कहिले खुल्छ भन्ने पनि जानकारी छैन । जसको कारण नेपाललाई दैनिक लाखौं रुपैयाँ घाटा भएको छ । १५ मेगावाट विद्युत् उत्पादन क्षमता भएको केन्द्रमा टर्वाइन मर्मत नहुँदा ४ दशमलव ५ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । यसअघिका वर्षमा जिल्ला प्रशासन र सिचाइँ कार्यालयललाई नहरमा पानी बन्द हुने विषयमा बोधार्थ आउने भएपनि यसवर्ष कुनै आधिकारिक जानकारी नआएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । यसबारे आफूले पनि थप बुझिरहेको पन्थीले बताए ।

केन्द्रको एउटा टर्वाइन १५ वर्षदेखि मर्मत नहुँदा क्षमताअनुसार विद्युत् उत्पादन भएको छैन । तीनवटा टर्वाइन रहेको यस पावर हाउसको एउटा टर्वाइन काम नलाग्ने अवस्थामा छ । करिब ३ वर्ष दुई वटा टर्वाइनले काम नगरेपनि २ नम्बर टर्वाइन अघिल्लो वर्ष मर्मत गरेर सञ्चालनमा आएको छ । तर, तीन नम्बर टर्वाइन भने २०६५ सालदेखि बिग्रिएर बसेको छ । मर्मतका लागि विद्युत् प्राधिकरणले पटकपटक सरकारसँग बजेट माग गर्ने र विदेशबाट प्राविधिक मगाउनुपर्ने भएपनि लामो समयदेखि मर्मत भएको छैन ।

प्रकाशित : वैशाख २४, २०८१ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?