२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ब्रोकर शुल्क घट्यो, जेठ १ देखि लागु हुने

काठमाडौँ — दोस्रो बजारमा सेयर किनबेच गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने शुल्क (कमिसन) घटेको छ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले आइतबार ब्रोकर शुल्क घटाउने निर्णय गरेको हो । नयाँ व्यवस्था जेठ १ देखि लागु हुने धितोपत्र बोर्डले जनाएको छ । 

ब्रोकर शुल्क घट्यो, जेठ १ देखि लागु हुने

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सेवा शुल्क हालको भन्दा १० प्रतिशत कम हुनेछ । हाल ५० हजारसम्मको कारोबारमा ०.४०, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७, पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३४, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० र एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन छ ।

नयाँ व्यवस्थाअनुसार ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३३, पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३१, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.२७ र १ करोडभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत कायम हुनेछ ।

प्रकाशित : वैशाख २५, २०८१ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?