२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
प्रवास

Diaspora

अस्ट्रेलियामा दुई सञ्चारकर्मीलाई भानुभवानी पत्रकारिता पुरस्कार

अस्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै दुई जना सञ्चारकर्मीलाई `भानु भवानी पत्रकारिता पुरस्कार २०८१´ बाट पुरस्कृत गरिएको छ

अस्ट्रेलियामा दुई सञ्चारकर्मीलाई भानुभवानी पत्रकारिता पुरस्कार
वैशाख २६, २०८१
वैशाख २२, २०८१

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा पाण्डे

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् । मञ्चको शनिबार क्यानबेरामा भएको छैटौं अधिवेशनले पाण्डेको नेतृत्वमा सहमतिबाट ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा पाण्डे
वैशाख १९, २०८१

बेलायतमा नेपाली कन्सर्ट हुँदै

मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ । यही वैशाख २३ गते बेलायतको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबको हलमा आयोजना हुने कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

बेलायतमा नेपाली कन्सर्ट हुँदै
वैशाख १८, २०८१

अमेरिकामा केसीलाई एएपीआई लाइफ टाइम अचिभमेन्ट अवार्ड

अमेरिकामा प्रल्हाद केसीलाई ‘द कमनवेल्थ अफ मासाचुसेट्स राज्यको एसियन अमेरिकन तथा प्यासिफिक आइस्ल्यान्डर कमिसन’ (एएपीआई) ले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

अमेरिकामा केसीलाई एएपीआई लाइफ टाइम अचिभमेन्ट अवार्ड
वैशाख १६, २०८१

नेपाल जोडिएमात्रै रामायण सर्किट परियोजनाले पूर्णता पाउन सक्छ : निधि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष महत्वका साथ चर्चामा ल्याएको ‘रामायण सर्किट’ परियोजनाको विकासले नेपाल र भारत दुवै देश लाभान्वित हुन सक्ने सरोकारवालाहरुले बताएका छन् । श्री राम सांस्कृतिक सोध संस्थान न्यासले आइतबार नयाँ दिल्लीमा गरेको रामायण सर्किटमाथिको चर्चामा नेपालका पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले रामायणले आदि कालदेखि दुई देशलाईं जोड्दै आएको बताएका छन् । 

नेपाल जोडिएमात्रै रामायण सर्किट परियोजनाले पूर्णता पाउन सक्छ : निधि
वैशाख १५, २०८१

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै डा पौडेल

कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा दामोदर पौडेल दम्पती भने समुदायमै पुगेर सबैलाई (विशेष गरी नेपाली मूलका नागरिकलाई) सेवा दिइरहेका थिए । होप वेल हेल्थ केयर सेन्टरले ओहायो र अन्यत्रका करिब ४० ठाउँमा भौतिक र भर्चुअल स्वास्थ्य केन्द्र राखेर उपचार दिएको थियो ।

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै डा पौडेल
वैशाख १४, २०८१

युरोपेली देश क्रोएशियामा राजदूतावास खोल्न माग

युरोप छिर्न चाहने नेपालीहरूको प्रमुख गन्तव्य बनेको  युरोपेली देश क्रोएशियामा रहेका नेपालीहरुले राजदूतावास स्थापना गर्न माग गरेका छन् । उनीहरुले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै क्रोएशियामा राजदूतावास खोल्न माग गरेका हुन् ।

युरोपेली देश क्रोएशियामा राजदूतावास खोल्न माग
वैशाख ११, २०८१

लन्डन म्याराथनमा दौडिए १५० बढी नेपाली

विश्व चर्चित लन्डन म्याराथनमा नेपाल र बेलायतस्थित नेपाली धावकले पनि प्रतिस्पर्धा गरेका छन् । आइतबार भएको म्याराथनमा नेपालका राष्ट्रिय खेलाडीसहित बेलायतमै रहेका करिब एक सय ५० नेपालीले दौडमा सहभागिता जनाए ।

लन्डन म्याराथनमा दौडिए १५० बढी नेपाली
वैशाख ५, २०८१

सानफ्रान्सिस्कोमा नेपाल डे परेड

गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले यही अप्रिल १४ मा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल डे परेड कार्यक्रम आयोजना गरेको छ । सिटीहलबाट सुरु भएको परेड स्थानीय मार्केट स्ट्रिटमा जम्मा भएर मनाइएको थियो । 

सानफ्रान्सिस्कोमा नेपाल डे परेड