२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६
मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

रम्यता लिम्बू भन्छिन्- 'किम्फलाई नयाँ मोडमा लैजाउनुपर्नेछ'

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सँधै पुसको जाडो(डिसेम्बर ११)मा आयोजना हुने गर्थ्यो । २१ औं संस्करणदेखि भने किम्फले गर्मीयाम रोजेको छ। जाडोमा छोटो दिन, चिसो उस्तै । विहे, ब्रतबन्धदेखि अन्य पर्वले पुस व्यस्त महिना ! किम्फ फाउन्डेसनले रोजेको जेठ महिना; पर्यटक आउने महिना, पर्वतारोहण गर्ने समय पनि ! दिन पनि लामो, फिल्म पनि अबेरसम्म देखाउन पाइने ।

रम्यता लिम्बू भन्छिन्- 'किम्फलाई नयाँ मोडमा लैजाउनुपर्नेछ'
जेष्ठ ३, २०८१

फेस्टिभल पुगेको फिल्म चल्दैन भन्ने भ्रम मात्र : दयाहाङ

अभिनेता दयाहाङ राई फेस्टिभल पुगेको फिल्म नेपालको बक्स अफिसमा चल्दैन भन्ने धारणा भ्रम मात्र रहेको धारणा राख्छन् । जेठ २५ देखि प्रदर्शनमा आउने 'गाउँ आएको बाटो' को प्रसंग उठाउँदै अभिनेता राईले फेस्टिभल पुगेको र घरेलु बजारको फिल्ममा त्यति भिन्नता नहुने बताए ।

फेस्टिभल पुगेको फिल्म चल्दैन भन्ने भ्रम मात्र : दयाहाङ
जेष्ठ १, २०८१

नाम, आवाज र उपनाम जोगाउन ज्याकी अदालतमा

बलिउड अभिनेता ज्याकी श्रफ आफ्नो नाम, व्यक्तिगत पहिचान र फिल्म क्षेत्रबाट पाएको उपनाम बचाउन दिल्ली उच्च अदालत पुगेका छन् । 'अप्ना भिडू' उपनामले प्रख्यात श्रफले आफ्नो नाम ज्याकी, उपनाम जग्गु दादा, भिडू आफ्नो आवाज र शारीरिक हाउभाउको सुरक्षाका लागि उच्च अदालत पुगेका हुन् ।

नाम, आवाज र उपनाम जोगाउन ज्याकी अदालतमा

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन मेयर शाह फ्रान्स प्रस्थान

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन आज फ्रान्स प्रस्थान गरेका छन् ।

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन मेयर शाह फ्रान्स प्रस्थान
वैशाख ३१, २०८१

'घरज्वाइँ'मा दया र मिरुनाको जोडी

फिल्म 'घरज्वाइँ'को टिजर सार्वजनिक भएको छ । टिजरमा दर्शकले रुचाएको जोडी दयाहाङ राई र मिरुना मगर देखिन्छन् । अनिल बुढा मगरद्वारा निर्देशित यो फिल्ममा मगर समुदायको संस्कार र सँस्कृतिमार्फत कथा पस्किएको छ । 

'घरज्वाइँ'मा दया र मिरुनाको जोडी

कौसीमा 'गिल्टी अर नट गिल्टी'

टेकुस्थित कौसी थिएटरमा 'गिल्टी अर नट गिल्टी' मञ्चन हुने भएको छ । आगामी जेठ ३ देखि २६ सम्म मञ्चन हुने यो नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक 'अन द नाइट अफ जनवरी सिक्सटिन्थ'मा आधारित छ । नाटकलाई राजकमल फकिरले निर्देशन गरेका हुन् । 

कौसीमा 'गिल्टी अर नट गिल्टी'

गायनमा ‘भर्सटायल’ अस्मिता

सानैदेखि गीत भनेपछि हुरुक्क हुन्थिन् उनी । गीत सुन्ने, गाउने र सुनाउने चाहनाले उनलाई कहिल्यै छोडेन पनि । हुर्किंदै जाँदा गायनमै केही गर्छु भन्ने इच्छासमेत बढ्दै गयो । हँसमुख र चञ्चले उनले घरमा आउने सबैलाई गीत गाएर सुनाउँथिन् । त्यसपछिको प्रशंसाले भने मन फुरुङ्ग हुन्थिन् । झापामा जन्मिएर कक्षा ७ सम्म पढाइ सकेपछि काठमाडौं पसेकी हुन् अस्मिता अधिकारी । 

गायनमा ‘भर्सटायल’ अस्मिता
वैशाख २९, २०८१

छायांकनमा ‘एक्टर’

प्रदीप खड्का र दिव्या रायमाझीको मुख्य अभिनय रहेको फिल्म ‘एक्टर’ को छायांकन सुरु भएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा पूजाआजासँगै फिल्मको छायांकन सुरु गरिएको हो । 

छायांकनमा ‘एक्टर’
वैशाख २८, २०८१

जटिल सम्बन्धको कथा - 'लक्जम्वर्ग लक्जम्वर्ग'

गुड्दै गरेको कार्गो ट्रेनबाट फुत्तफुत्त बालकहरु फाल हान्दैछन् । ब्याग हुर्‍याउँदै ट्रेनबाट हामफालिरहेका उनीहरु स्कुल बंक गरेका विद्यार्थी हुन् । दुई जुम्ल्याहा दाजुभाइ पनि साथीहरुसँगै फाल हान्ने कोसिसमा देखिन्छन्, ट्रेनको पछाडिको ह्यान्डल समाएर सही समय पर्खँदैछन् । रातो रङको जर्सी पहिरेका कोला हुन् भने नीलो रङको जर्सीमा छेउतिर उभिएका छन्, वाश्या । सन् १९९८ तिरको युक्रेनको सहर लुब्नी पुर्‍याउने यो दृश्यसँगै पृष्ठभूमिमा कोलाको स्वरमा भ्वाइसओभर सुनिन्छ, 'मान्छेहरु भन्छन्-जुन छोरा आमाजस्तै देखिन्छ उ जन्मँदै खुशी हुन्छ । जुम्ल्याहा भए पनि वाश्या आमाजस्तै देखिन्छ, म बुवाजस्तै' !

जटिल सम्बन्धको कथा - 'लक्जम्वर्ग लक्जम्वर्ग'