कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

हटडक्समा 'देवी'को वर्ल्ड प्रिमियर

काठमाडौँ — सुविना श्रेष्ठद्वारा निर्देशित डकुमेन्ट्री 'देवी'को हटडक्स क्यानेडियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको छ । ८० मिनेट लामो यो डकुमेन्ट्री उत्तर अमेरिकाको सबैभन्दा ठूलो फेस्टिभल हट डक्सअन्तर्गतको 'अन्तर्राष्ट्रिय स्पेक्ट्रम डकुमेन्ट्री प्रतिस्पर्धा'मा छनौट भएको हो । 

हटडक्समा 'देवी'को वर्ल्ड प्रिमियर

वर्ल्ड प्रिमियरसँगै बुधवार पनि यो डकुमेन्ट्री देखाइनेछ । सन् २००६ मा दश वर्षे जनयुद्ध त सकियो । तर, द्वन्द्वकालीन बलात्कारबाट पीडित देवीहरुका लागि अर्को युद्ध सुरु भयो । न्याय प्राप्तिको लडाईं ।

विद्रोही योद्धा, आमा अनि यौन दुर्व्यवहारबाट पीडित देवीले त्यहीँबाट लडाई सुरु गरिन् । सत्तामा भएकाहरुले इतिहासबाट बलात्कारको यो मुद्दालाई हटाउन खोजे तर, देवीले त्यसको विरुद्ध आवाज उठाइन् । डकुमेन्ट्रीमा देवीहरुको यही संघर्ष अनि लडाईलाई प्रस्तुत गरिएको छ ।

यो डकुमेन्ट्रीलाई नेपालसहित युके र साउथ कोरियाले निर्माण गरेको हो । नेपाली र अंग्रेजी सब-टाइटलमा डकुमेन्ट्री तयार भएको छ । डकुमेन्ट्रीलाई रोजी गर्थवेट, हिजोङ ओ, अस्मिता चौधरी खड्का र सुविना मिलेर निर्माण गरेका हुन् । डकुमेन्ट्रीलाई विष्णु कल्पितले खिचेका हुन् ।

प्रकाशित : वैशाख १७, २०८१ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?