कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कर्माचार्यद्वारा १ सय ७८ औं पटक रक्तदान 

चैनपुर — नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बिहीबार बझाङको चैनपुरमा १ सय ७८ औं पटकको रक्तदान गरेका छन् ।

कर्माचार्यद्वारा १ सय ७८ औं पटक रक्तदान 

शतक रक्तदाता कर्माचार्यले तत्कालीन संविधानसभा सदस्य चन्द्रा जोशीको प्रमुख आतिथ्यता आयोजित नेपाल स्वयंसेवी रक्तदाता समाजको ३८औं बझाङ जिल्ला गठनार्थ एक अन्तर्क्रियात्मक भेलामा रक्तदान गरेका हुन् । कर्माचार्यलाई प्रमुख अतिथिले बझाङ जिल्लाको तर्फबाट खादा पहराई सम्मानपत्र प्रदान गरेका थिए ।

रक्तदाता कर्माचार्यले अझै पनि युवापुस्तामा रक्तदान गर्नुपर्छ भन्ने चेतना कमी भएकोले आफूले विभिन्न जिल्लाहरुमा गई उत्प्रेरणका लागि रक्तदान गर्ने गरेको बताए ।

भेलाले सरस्वती जोशी अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज बझाङ जिल्ला शाखा गठन गरेको छ । जसमा उपाध्यक्षमा बसन्ती जोशी, सचिव महेन्द्रबहादुर खड्का, कोषाध्यक्ष पशुपति भट्टलाई चयन गरेको छ ।

सदस्यहरूमा बामबहादुर भण्डारी, पूर्णबहादुर भण्डारी, श्याम नेपाली, डी.बी. बिष्ट, रमेश खाती, इन्द्रबहादुर बोहरा, कल्पना रोकाया र देवीचन्द्र थापालाई चयन गरेको छ भने सल्लाहकारहरूमा : लालबहादुर धामी संयोजक रहने गरी सञ्जीव भण्डारी र गंगाप्रसाद जोशीलाई चयन गरेको छ ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाजद्वारा प्रकाशनमा ल्याएको नयाँ वर्षको ज्ञानवर्धक भित्तेपात्रोलगायत समाजका अन्य प्रकाशन सामग्रीहरू नवगठित कार्यसमितिलाई उपलब्ध गराएका थिए ।

प्रकाशित : वैशाख २२, २०८१ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?