हेलो शुक्रबार
कार्तिक ३०, २०७५

क्या साहस !

अचानक स्लोप छोडेको ज्यान चिच्याउँदै भोटेकोसीतर्फ खस्यो । १६० मिटर माथिबाट खसेको ज्यान जब डोरीसँगै झट्कियो । टाउको मुनि । खुट्टा सिधा माथि । झट्काले कहालिएको थिएँ । तीन सेकेन्डजति श्वास नै रोकिएजस्तो लाग्यो । त्यतिबेला मलाई लाग्यो–खुट्टा मात्रै सिधै माथि छैनन्, म पनि माथि पुग्दैछु, प्राण सकियो ।

घान्द्रुक, सूर्योदय र पीपीएल

पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल र तिहार मुखैमा थिए । त्यसैले हाम्रो यात्रा टोलीमा दुईथरी मान्छे थिए । एक, पीपीएलको फाइनल हेर्न पोखरा जाने सुर कसेका र अर्का नितान्त घुम्ने सोच भएका । त्यसैले काग तिहारको बिहानै पोखरा पुगेको हाम्रो टोली त्यहाँबाट घान्द्रुक जाने कि नजाने भन्ने सोचमा पर्‍यो ।

सफलको स्वप्निल यात्रा

परिवारको सपना छोरालाई चिकित्सक बनाउने थियो । छोराको पनि आफ्नै सपना थियो– रकेटमा काम गर्ने । चितवन गीतानगरका २७ वर्षीय सफल अधिकारीले जुन सपना स्कुल पढ्दा देखेका थिए, त्यसलाई यथार्थमा परिणत गर्न उनी अहिले अहोरात्र खटिरहेका छन् । एक किसिमले उनको सपना विपनामा बदलिइसकेको छ । किनभने उनी अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) मा तीन वर्षयता रकेट प्रोपल्सन इन्जिनियरका रूपमा कार्यरत छन् ।

नेटफ्लिक्सको नियति !

फिल्म र टेलिभिजन कार्यक्रमको अनलाइनमार्फत प्रसारण सेवा दिने कम्पनी नेटफ्लिक्सको ग्राहक विश्वव्यापी रुपमा दिनदिनै बढ्दो छ । मासिक रुपमा पैसा तिरेर नेटफ्लिक्स हेर्ने ग्राहक १३ करोड नाघिसकेका छन् । यसको बढ्दो ग्राहकलाई आधार मान्ने हो भने कम्पनीको आम्दानी बढ्दै जानुपर्ने हो तर यसको ऋण चुलिइरहेको छ ।

रञ्जना लिपिमा लेख्ने एप

रञ्जना लिपिमा लेख्न मिल्ने एप सार्वजनिक भएको छ । ‘रञ्जना स्क्रिप्ट’ नाम दिइएको एप एन्ड्रोइड डिभाइसमा डाउनलोड गर्न मिल्नेछ । नेपालमा प्रचलित पुरानो लिपि रञ्जनाको वर्णमाला सिक्न र रञ्जना लिपिमा लेखेर सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी एप बनाइएको हो ।

ADVERTISEMENT

को सक्कली नक्कली ?

रेग्गीका लागि चर्चित बेलायती ब्यान्ड यूबी फोर्टी स्थापना भएको चार दशक पूरा भएको छ । त्यसैले यस ब्यान्डले ४० औं वार्षिकोत्सवको अवसर पारेर नयाँ एल्बम ‘रियल लेबोर अफ लभ’ मा टुर जनवरीतिर सुरू गर्दैछ । एउटै ब्यान्डको नामका लागि दुई समूहका लडाइँ पनि अदालतमा चलिरहेको छ । मुद्दा को सक्कली भन्ने नै हो ।

एउटै क्लब: सर्वाधिक गोल

पछिल्लो दशकका सर्वाधिक चर्चित फुटबलर हुन्– लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । यी दुईको प्रतिद्वन्द्विता चर्कै चल्यो, जसमा यसपालिको ‘समर ट्रान्सफर’ मा रोनाल्डोले इटालीको सिरी ‘ए’ लाई आफ्नो गन्तव्य बनाएपछि समाप्त भयो । 

कार्तिक १६, २०७५

बेतिनीमा बोटिङ

मोरङको उर्लाबारी–२ मंगलबारे चोकबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि पुगिन्छ, बेतिनी सिमसार  । ३.३ हेक्टर क्षेत्रमा फैलिएको सिमसारमा तलाउ, चराचुरुंगीहरूको आवाज, वनस्पति र जंगलको दृश्य हेर्दा लाग्छ, यहाँ प्रकृति र पर्यावरणको कुनै कन्जुस्याइँ छैन  ।

फेरि क्विन र मरकेरी

इंग्ल्यान्डको चर्चित रक ब्यान्ड ‘क्विन’ को सबैभन्दा लोकप्रिय गीत हो–बोहेमन रापसोडी । अझ भनौं, पश्चिमेली संगीतमा सबैभन्दा सुनिने गीतमा पर्छ । क्विनका जीवित तीन सदस्यमध्ये कसैले पनि यसको अर्थ मात्र होइन, यो गीतले भन्न खोजेको सन्देश पनि बुझाउन सकेका छैनन् ।

ह्यामिल्टनको छलाङ

डच ड्राइभर म्याक्स भर्सटापनले आइतबार मेक्सिकन ग्राँ प्रिको उपाधि जिते । त्यसमा जर्मन ड्राइभर सेवास्टिन भेटेल उपविजेता भए । यो रेसको उपाधि भर्सटापनले कब्जा गरे पनि मेक्सिको सिटीमा चौथो स्थानमा रहेका बेलायती ड्राइभर लेविस ह्यामिल्टन फर्मुला वानको विश्व च्याम्पियन बने । उनी पाँचौंपल्ट विश्व विजेता भएका हुन् ।

ADVERTISEMENT
ADVERTISEMENT

पूर्वमा जम्दै नाटक

मण्डला थिएटरमा दुई वर्षजति नाटक सिकेका सागर खातीका अघिल्तिर प्रशस्त अवसरहरू थिए । तर, सबै अवसरलाई उनले चटक्क छाडे । र, फर्किए गृहनगर मेचीनगर । गत वर्ष राजधानी छाडेका २७ वर्षीय सागर गाउँमै थिएटर कल्चर सुरु गर्ने अभियानमा लागेका छन् ।

लोभलाग्दो गोक्यो

रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक र चर्चित छ  । खुम्बु क्षेत्रको गोक्यो भ्यालीको यात्राबारे भरत न्यौपाने लेख्छन् :

ह्वाट्सएपमा स्टिकर

मोबाइल म्यासेजिङका लागि ह्वाट्सएप निकै लोकप्रिय छ । फेसबुक स्वामित्वको यो एप अरूभन्दा एउटा फिचरमा पछाडि छ । अहिले चल्तीमा रहेका अधिकांश म्यासेजिङ एपले म्यासेजका क्रममा पठाउन मिल्ने स्टिकरलाई आफ्नो अभिन्न अंग बनाएका छन्, जुन फिचर ह्वाट्सएपमा उपलब्ध छैन ।

वानप्लस सिक्स टी आयो

वान प्लसले आफ्नो नयाँ फ्ल्यागसिप फोन ‘वान प्लस सिक्स टी’ सार्वजनिक गरेको छ  । डिस्प्ले, डिजाइन र ब्याट्रीमा गरिएको सुधारसँगै वान प्लस सिक्स टीमा इन डिस्प्ले फिंगर प्रिन्ट सुविधा पनि जोडिएको छ  ।

अल्फाबेटको आफ्नै दुनियाँ

गुगलको अभिभावक भनी चिनिएको ‘अल्फाबेट’ को परिचय त्यतिमा मात्र सीमित छैन  । यसलाई गुगललगायत अन्य दर्जनौं साना–ठूला कम्पनीको समूह भन्दा पनि फरक पर्दैन  ।