३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

थाङ्ग्रा र जङ्क्सन पिपलबोटलाई पहिचान पुरस्कार 

काठमाडौँ — ‘वादी विज्ञप्ति’ कविता–किताब र ‘लेखककी स्वास्नी’ उपन्यासबाट चर्चित भएकी लेखक प्रगति राई र पत्रकार प्रकाश गुरागाईंलाई पहिचान पुरस्कार प्रदान गरिएको छ । ‘पहिचान पुरस्कार कोष’ले लेखकद्वयलाई पुरस्कृत गरेको हो । 

थाङ्ग्रा र जङ्क्सन पिपलबोटलाई पहिचान पुरस्कार 

भोजपुरको चखियामा आयोजित एक कार्यक्रममा पहिचान पुरस्कार कोषले राई र गुरागाईंलाई नगद चार लाख रूपैयाँसहित शनिबार सम्मान गरेको थियो । महिलाको वंश अधिकारमाथि लेखिएको राईको नयाँ उपन्यास ‘थाङ्ग्रा’ र गुरागाईंको किताब ‘जङ्क्सन पिपलबोट’लाई कोषले संयुक्त रूपमा सम्मान गरेको हो ।

कार्यक्रममा लेखक खगेन्द्र संग्रौला र पुरस्कार कोषका संस्थापक, लेखक नरेश काङ्माङ राईले गुरागाईं र राईलाई सम्मानपत्रसहित पुरस्कार रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा पुरस्कृत व्यक्तित्व र किताबमाथि लेखक संग्रौला, कवि श्रवण मुकारुङ, कवि देवान किराती, कविता राई, मुनाराज शेर्मा, निबन्धकार दीपक सापकोटा, पाबिहाङ राई, राजन समीपले प्रकाश पारेका थिए ।


प्रकाशित : वैशाख २४, २०८१ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?