२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

विराट वाङमय उत्सव

विराटनगर — आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको सहकार्यमा यही  वैशाख २८ र २९ गते ‘विराट वाङमय उत्सव’ हुँदैछ । दुई दिने उत्सवमा साहित्य, कला, राजनीति, समाजलगायतका दर्जन विषयमा प्यानल डिस्कसन हुँदैछन् ।

विराट वाङमय उत्सव

संगै उम्दा कवि तथा गजलकारहरुवाट कविता, गजल वाचन पनि गरिने छ । चित्रकला प्रदर्शनी समेत गरिने आयोजक समितिका अध्यक्ष भैरव थापाले जनाए ।

पहिलो दिनको पहिलो सत्रमा ‘कता रुमलियो विराट विरासत’ शीर्षकमा शिल्पा निराला, ताराचद्र खेतान र दिनेश श्रेष्ठ गफिने छन् । दोश्रो सत्रमा ‘नेपाली भाषाको वहाव’ शीर्षकमाथि केदार शर्मा, लता पौड्याल र विष्णु एस राईले बहस गर्ने छन् ।

तेश्रो सत्रमा नाट्यकर्मीहरु हेमन्त बुढाथोकी, सोनु जयन्ती र दीपा पोखरेलले ‘मञ्चमा म’ शीर्षकमा केन्द्रित भइ पूर्वेली नाटकका सुखदुखबारे चर्चा गर्ने छन् । चौथो सत्रमा कविद्धय जसराज किराती र मनु मन्जिलले ‘भोलि बास्ने कवि’, सम्झनामा कृष्णभूषण वल बारे वार्तालाप गर्ने छन् ।

अन्तिम सेसनमा ‘नेपाली साहित्य सिर्जनाका नवीनतम आयामहरु’ वारे उम्दा कविहरु हाङयुग अज्ञात, देवान किराती र शुभलक्ष्मी लम्सालले चर्चा गर्ने छन् । यस्तै दोस्रो दिन मातृभाषी कविता वाचनपछिको पहिलो सत्रमा राजनीतिशास्त्री कृष्ण पोखरेल, कवि मिश्र वैजयन्ती र पत्रकार रामरिझन यादव ‘राजनीति र साहित्य : साहित्यमा राजनीति’ विषयमा संवाद गर्नेछन् ।

लगत्तै ‘योगवाणी र योगमाया’ शीर्षकमा भरत वस्नेत र निर्मला कोइराला, ‘आख्यानमा चरित्र निर्माणः परिकल्पना र प्रस्तुती’ शीर्षकमा रमेश सायन, कविता राई र वियस राई, ‘पात्र र लैङ्गिकता’ शीर्षकमा सीमा आभाष, मुनाराज शेर्मा र राम्जो तिम्सिनाले बोल्नेछन् ।

प्रकाशित : वैशाख २६, २०८१ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?