२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

वैशाख १२ देखि हिमालयन हाइड्रो एक्स्पो

काठमाडौँ — यही वैशाख १२, १३ र १४ मा हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको बताइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेजले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक्स्पोको सबै तयारी सकिएको जनाएको हो । 

वैशाख १२ देखि हिमालयन हाइड्रो एक्स्पो

भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुने एक्स्पोमा भारतका अडानी ग्रुप, पीटीसीलगायतका कम्पनीका प्रतिनिधिसँग बिजनेस मिटिङ हुने बताइएको छ ।

एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १ सयभन्दा धेरै स्टल बुकिङ भइसकेको आयोजको भनाइ छ । आर्थिक गतिविधि सुस्त भइरहेको अहिलेको अवस्थामा पनि एक्स्पोमा उत्साहजनक सहभागिता भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

प्रकाशित : वैशाख ८, २०८१ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?