१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ — ग्लोबल आईएमई बैंकले देशभरका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाटबाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रममा २० हजारभन्दा बढी किसान, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता थियो ।

बैंकले चालु आर्थिक वर्षमा देशभर रहेका ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।


प्रकाशित : वैशाख २७, २०८१ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?