कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

भक्तपुर — चाँगुनारायण नगरपालिका‐२ दुवाकोटमा सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाइ कार्पेट कारखानामा आज भएको आगलागी नियन्त्रणका क्रममा दुई जना घाइते भएका छन् । 

आगलागी भएको जानकारी पाएपछि दुवाकोटस्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेपलाञ्चोकबाट आएको सात वटा दमकल, भक्तपुर, ललितपुरबाट आएका चार वटा पानी ट्याङ्कर र स्थानीयको सहयोगमा पाँच घण्टा लगाएर आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार आगो निभाउने क्रममा घाइते भएका रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ घर भई हाल दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठको इवामुरा अस्पतालमा र भारत बङ्गाल घर भई हाल दुवाकोट बस्ने २९ वर्षीय मनु उर्वाको इवामुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको छ । उर्वा गम्भिर घाइते भएकाले थप उपचारका लागि कीर्तिपुर लगिएको उनले बताए ।

आगलागीबाट रु एक करोड ८० लाख बराबरको क्षति भएको भन्दै प्रनाउ कार्कीले आगलागीको कारण भने नखुलेको जानकारी दिए ।

प्रकाशित : वैशाख २३, २०८१ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?