२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर — भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो भक्तपुरको ऐतिहासिक थन्थु दरबार पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोक उत्खननलाई निरन्तरता दिनुपर्ने धारणा राखे । 

मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुरका एक सय वर्ष पुराना घरह बस्नका लागि सुरक्षित छ वा छैन भन्ने विषयमा प्राविधिकहबाट परीक्षण गर्नु खाँचो रहेको जनाउँदै उनले सम्पदा पुनःनिर्माणमा मौलिकता संरक्षणमा जोड दिए ।

कार्यक्रममा थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ सालअघि सम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनका पमा रहेको बताए । विसं २०७४ पछि नगरपालिकाले यहाँको एक सय २४ वटाभन्दा बढी सम्पदाह पुनःनिर्माण गरेकामा थन्थु दरबार पुनःनिर्माणको काम छलफलमै सीमित भएको र हाल थन्थु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी नगरपालिकाले काम अगाडि बढाएको उनले बताए ।

थन्थु दरबार भत्काउन ११ लाख ५१ हजार लागेकोे जनाउँदै नगरप्रमुख प्रजापतिले १२ करोड ८५ लाख ३४ हजार बजेट लगत ‘इष्टिमेट’ गरिए पनि पहिलो चरणको कार्य योजनामा चार करोड ७२ लाख बजेट स्वीकृत गरी पुनःनिर्माण अगाडि बढाएको बताए । दरबार पुनःनिर्माणका लागि एक करोड ५८ लाखको काठ ‘टेन्डर’ प्रक्रियाबाट खरिद गरिसकेको जनाइएको छ ।

इतिहासविद् प्राध्यापक पुषोत्तमलोचन श्रेष्ठले तत्कालीन राजा जितामित्र मल्लले बनाउन लगाएको आजभन्दा तीन सय ४६ वर्ष पुरानो थन्थु दरबारलाई भक्तपुर नगरपालिकाले पुरानै मौलिक स्वपमा पुनःनिर्माण अगाडि बढाउनु प्रशंसनीय भएको बताए । ५५ झ्याल दरबारको अध्ययन–अनुसन्धानका क्रममा जग खण्ड उत्खनन गर्ने क्रममा ५५ झ्याल दरबार थन्थु दरबारकै दक्षिण भाग रहेको अनुसन्धानबाट पत्ता लागेको भन्दै उनले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकको अध्ययन–अन्वेषण सम्भव भएको बताए ।

प्रकाशित : वैशाख २४, २०८१ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?